सिटीलाई १३ अंकको अग्रता, चेल्सी पराजित « Khabarhub

सिटीलाई १३ अंकको अग्रता, चेल्सी पराजित


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चेल्सी माथि १–० जितसँगै म्यानचेष्टर सिटीले शीर्षस्थानमा १३ अंकको अग्रता बनाउँदा शनिबार राति भएको इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेड र एष्टन भिल्लाले २–२ गोलको बराबरी खेलेका छन् ।

घरेलु मैदान इतिहाद रंगशालामा सिटीको जितमा एक मात्रै गोल केभिन डि ब्रुयनेले गरे । जोआओ कनसेलोको पास सदुपयोग गर्दै केभिनले खेलको ७०औं मिनेटमा निर्णायक गोल गरे ।

जितसँगै पेप ग्वार्डिओलाको सिटीले शीर्षस्थानमा १३ अंकको अग्रता बनायो । २२ खेलबाट सिटीको ५६ अंक छ । यता, पराजित चेल्सीको समान खेलबाट ४३ अंक छ र उ दोस्रो स्थानमा यथावत छ ।

अर्को खेलमा म्यानचेष्टर युनाईटेडले घरेलु टोली एस्टन भिल्लालाई २–२ गोलको बराबरीमा रोक्यो । खेलमा २–० को अग्रता बनाएको युनाईटेड अग्रता जोगाउँन नसक्दा बराबरीमा रोकियो ।

ब्रुनो फर्नाण्डेजको गोलसँगै युनाईटेडले खेलको छैटौं र ६७औं मिनेटमा २–० को अग्रता बनायो । यसपछि जाकोब राम्सीले ७७ औं मिनेट र डेब्यु खेलाडी फिलिप कौटिन्होले गोल गर्दै एष्टन भिल्लालाई घरेलु मैदानमा हारबाट टारे ।

बार्सिलोनाका कौटिन्हो लोनमा यसै सिजन एष्टन भिल्ला आएका हुन् । ६८औं मिनेटमा डेब्यु गरेका उनले ८१ औं मिनेटमा गोल गरे ।

बराबरीसँगै युनाईटेड २० खेलबाट ३२ अंक सहित साँतौ स्थानमा छ । यता, एष्टन भिल्ला समान खेलबाट २३ अंक सहित १३ औं स्थानमा छ ।

गय राति भएका अन्य खेलमा नर्वीचले एभर्टनलाई २–१ ले पराजित गर्दा उल्भ्सले साउथह्याम्पटनलाई ३–१ अंन्तरले पराजित गर्यो । अर्को खेलमा न्युक्यासल युनाईटेड र वाट्फोर्डले १–१ गोलको बराबरी खेले ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ७ : १० बजे

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको

प्रतिनिधिसभा निर्वाचन : भोजपुरबाट महिलाको शून्य उम्मेदवारी

टक्सार– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि