सिटीलाई १३ अंकको अग्रता, चेल्सी पराजित « Khabarhub

सिटीलाई १३ अंकको अग्रता, चेल्सी पराजित


२ माघ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चेल्सी माथि १–० जितसँगै म्यानचेष्टर सिटीले शीर्षस्थानमा १३ अंकको अग्रता बनाउँदा शनिबार राति भएको इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाईटेड र एष्टन भिल्लाले २–२ गोलको बराबरी खेलेका छन् ।

घरेलु मैदान इतिहाद रंगशालामा सिटीको जितमा एक मात्रै गोल केभिन डि ब्रुयनेले गरे । जोआओ कनसेलोको पास सदुपयोग गर्दै केभिनले खेलको ७०औं मिनेटमा निर्णायक गोल गरे ।

जितसँगै पेप ग्वार्डिओलाको सिटीले शीर्षस्थानमा १३ अंकको अग्रता बनायो । २२ खेलबाट सिटीको ५६ अंक छ । यता, पराजित चेल्सीको समान खेलबाट ४३ अंक छ र उ दोस्रो स्थानमा यथावत छ ।

अर्को खेलमा म्यानचेष्टर युनाईटेडले घरेलु टोली एस्टन भिल्लालाई २–२ गोलको बराबरीमा रोक्यो । खेलमा २–० को अग्रता बनाएको युनाईटेड अग्रता जोगाउँन नसक्दा बराबरीमा रोकियो ।

ब्रुनो फर्नाण्डेजको गोलसँगै युनाईटेडले खेलको छैटौं र ६७औं मिनेटमा २–० को अग्रता बनायो । यसपछि जाकोब राम्सीले ७७ औं मिनेट र डेब्यु खेलाडी फिलिप कौटिन्होले गोल गर्दै एष्टन भिल्लालाई घरेलु मैदानमा हारबाट टारे ।

बार्सिलोनाका कौटिन्हो लोनमा यसै सिजन एष्टन भिल्ला आएका हुन् । ६८औं मिनेटमा डेब्यु गरेका उनले ८१ औं मिनेटमा गोल गरे ।

बराबरीसँगै युनाईटेड २० खेलबाट ३२ अंक सहित साँतौ स्थानमा छ । यता, एष्टन भिल्ला समान खेलबाट २३ अंक सहित १३ औं स्थानमा छ ।

गय राति भएका अन्य खेलमा नर्वीचले एभर्टनलाई २–१ ले पराजित गर्दा उल्भ्सले साउथह्याम्पटनलाई ३–१ अंन्तरले पराजित गर्यो । अर्को खेलमा न्युक्यासल युनाईटेड र वाट्फोर्डले १–१ गोलको बराबरी खेले ।

प्रकाशित मिति : २ माघ २०७८, आइतबार  ७ : १० बजे

तीनै तहका सरकार मिलेर शिक्षा क्षेत्रको विकासमा लागौँ : मन्त्री पोखरेल

सुदूरपश्चिम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले तीनै तहका सरकार मिलेर

केन्द्रीय समिति बैठकका लागि रास्वपा नेताहरू घण्टी घरमा, बालेन अनुपस्थित (तस्बिरहरु)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकमा सहभागी

रास्वपा केन्द्रीय कमिटी बैठक छाडेर वरिष्ठ नेता बालेन मुस्ताङतिर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय कमिटी बैठक सुरु हुन

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपीडी

काठमाडौं- निजामती कर्मचारी अस्पतालले निजामती कर्मचारी तथा उनीहरूका परिवारलाई लक्षित गर्दै

नामी भिगो ई२ ३५.९९ लाखमा सार्वजनिक 

काठमाडौं– एमएडब्लू वृद्धि मोटर्सले नामी भिगो ई२ फुल एसयूभीलाई विशेष प्रारम्भिक