प्रधानमन्त्रीले बोलाए गठबन्धन बैठक « Khabarhub

प्रधानमन्त्रीले बोलाए गठबन्धन बैठक


४ फाल्गुन २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले सत्तारुढ गठबन्धनको बैठक बोलाएका छन् ।

एमसीसी सम्झौता प्रस्ताव संसदबाट अनुमोदन गराउने विषयमा छलफल गर्न बिहीबार अपरान्ह ३ बजे बस्ने गरी प्रधानमन्त्री देउवाले गठबन्धनको बैठक बोलाएका हुन् ।

सत्तासाझेदार दल माओवादी केन्द्रले यथास्थितिमा एमसीसी संसदमा टेबुल गरिए सरकारबाट बाहिरिने र गठबन्धन पनि तोड्ने निर्णय गरेको थियो । उक्त निर्णय गरेर माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेर जानकारी गराएपछि प्रधानमन्त्री देउवाले बिहीबारका लागि गठबन्धनको बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री देउवाले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा एमसीसी सम्झौता अनुमोदन प्रस्ताव पेस गर्ने तयारी गरेका थिए । तर, माओवादीको निर्णय र प्रचण्डको आग्रहमा बुधबार सो प्रस्ताव सदनको बैठकमा पेस नगर्न प्रधानमन्त्री राजी भएका छन् ।

यसअघि सोमबार कांग्रेसले एमसीसी सम्झौता अनुमोदन गर्नुपर्ने र यसका लागि सबै राजनीतिक दललाई सहयोग गर्न आग्रह गरेको थियो । अब भने गठबन्धनमा सहमति जुटाएर मात्र संसद बैठकमा एमसीसी सम्झौता अनुमोदनको प्रस्ताव पेस गरिने भएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७८, बुधबार  १२ : ५५ बजे

बलियो, अनुभवी र स्वीकार्य नेतृत्व आवश्यक : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले पार्टीमा बलियो,

सुदूरपश्चिमको अपराजित यात्रा कायमै, चितवन ४९ रनले पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको

रणवीर सिंहको फिल्म ‘धुरन्धर’मा नेपाली दर्शकको चासो

काठमाडौं– यही शुक्रबारदेखि नेपालमा प्रदर्शन हुन लागेको बलिउड मल्टिस्टारर फिल्म

बागलुङमा जीप दुर्घटना हुँदा आठ जना घाइते

ढोरपाटन– बागलुङमा जीप दुर्घटना हुँदा आठ जना घाइते भएका छन्