६ दशकपछि बैंकको खाता थाहा पाएर बैंक पुग्दा… « Khabarhub

६ दशकपछि बैंकको खाता थाहा पाएर बैंक पुग्दा…


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईँको कुनै न कुनै बैंकमा खाता होला । कतिपय बैंकका खाताको कारोबार पनि बन्द भएको होला । यसबारे तपाईंले खासै चासो नदिनु भएको पनि हुनसक्छ । स्कटल्याण्डकी एक महिलाले पनि यसै गरिन् तर जब उनी ६० वर्षपछि बैंक खाता हेर्न पुगिन् तब उनी चकित परिन् ।

६० वर्षसम्म पनि बैंक खाता नहेरेकी ती स्कटिस महिलाले आफ्नो ३.३५ डलरको निक्षेप बढेर ३३५ डलर पुगेको जानकारी पाइन् ।फिलिपिन्समा हुर्किएकी ७४ वर्षकी कारोल एलिसन आफू ६ वर्षको हुँदा हजुर आमासँग स्कटल्यान्डको भ्रमणमा गएकी थिइन् ।

हजुरआमाले उनलाई ट्रस्टी सेभिङ बैंकमा खाता खोल्न सहयोग गरेकी थिइन् । यो बैंकलाई हाल टीएसबीको नामले चिनिन्छ । उनको हजुरआमाको ८० वर्षको उमेरमा सन् १९६९ मा निधन हुनु पहिले निक्षेप रहेको बैंक खाता हस्तान्तरण गरेकी थिइन् ।

कारोलले हालैमा घरको सरसफाइका क्रममा बैंक खाता रहेको बुक फेला पारेकी थिइन् । उनले उक्त बुक बैंकमा लिएर गइन् र उनको खाता अझै पनि चालू अवस्थामै थियो । उनले ६ दशक भन्दा अगाडि ३.३५ डलर लगानी गरेको र हाल यो ३३५ डलर पुगेको पाएकी छन् ।

एलिसनले अन्य दुई बैंकहरुको पनि बुक खोजिरहेको र थप अनपेक्षित हुन सक्ने उनको आशा छ । उनलाई अन्य दुई बैंकमा कति रकम जम्मा छ भन्ने कौतुहल रहेको बताइन् ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ७ : ३३ बजे

स्कटल्यान्डविरुद्ध सन्दीपको सनसनीपूर्ण बलिङ : लिए चार विकेट

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले

२१ औँ ओभरमा सन्दीप लामिछानेले लिए दुई विकेट

काठमाडौँ – आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार नेपालले

मेची पुलबाट ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’ सुरु

झापा– मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न

सूर्यविनायक–धुलिखेल सडक निर्माण सुस्त (तस्बिरहरू)

भक्तपुर– भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म ६ लेनमा विस्तार भइरहेको सडक

हान्टाभाइरस प्रभावित सबै यात्रुको उद्धार, एक अमेरिकीमा संक्रमण पुष्टि

वासिङ्टन – प्राणघातक ‘हान्टाभाइरस’ को चपेटामा परेको क्रुज पानीजहाज ‘एमभी