प्रभासले तोडेको ’बाचा’ « Khabarhub

प्रभासले तोडेको ’बाचा’


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

साउथ इन्डियन अभिनेता प्रभास बाहुबली सिरिज मार्फत चर्चामा आए । दुई भागमा आएको बाहुबलीले प्रभासलाई साउथ इन्डियामा मात्र सीमित राखेन। त्यसपछि उनी भारतसँगै एसियाकै ठुला स्टार मध्ये एक बने ।

उनको क्रेज बढ्नुको कारण उनकै फिल्म र अभिनय थियो । प्रभास अभिनीत फिल्म ’राधेश्याम’ प्रदर्शनरत छ । मार्चमै प्रदर्शन हुने फिल्मको प्रमोसनकै क्रममा उनले विवाहको बारेमा कुराकानी गरेका छन् । प्रभासले बाहुबली रिलिज भएपछि विवाह गर्छु भनेर आफ्नी आमासँग ’वाचा’ गरेका थिए । यद्यपि त्यसपछि उनको ’साहो’ समेत प्रदर्शनमा आइसकेको छ । तर , उनले आफ्नो वाचा पुरा गरेका छैनन् ।

यसैबारेमा कुराकानी गर्दै उनले विवाह सही समयमा हुने बताए । ’मैले आमालाई भनेको थिए । यद्यपि विवाह सही समय नआई हुँदैन’ प्रभासले भने । उनले हरेक घरमा हुर्केको छोरालाई आमाले विवाहका लागि भन्ने नर्मल रहेको बताए । ’हामी कहाँ हाम्रो बढी चिन्ता अभिभावकले गर्छन् । मेरो आमा पनि अन्य आमा झैँ मेरो घरपरिवार हेर्न चाहन्छिन्’ उनले भने । प्रभासले आफ्नो आमालाई अब छिटै विवाह हुन्छ भन्दै चिन्ता नलिन आग्रह गर्ने गरेका छन् । यद्यपि उनी भन्छन् ,’सही समय आउनदिनुस् ।’

केही समय अगाडी प्रभासको अनुष्का शेट्टीसँग प्रेम सम्बन्ध रहेको चर्चा नचलेको होइन । यद्यपि यी टुइले आफ्नो सम्बन्धलाई प्रेमको रूपमा  स्वीकारेका छैनन् । प्रभास अभिनीत फिल्म ‘राधेश्याम’ मा उनको को–स्टार छिन् पुजा हेगड़े । लभ स्टोरी यस फिल्ममा भाग्य र मायाको लडाईलाई प्रस्तुत गरिएको छ । फिल्मलाई ४ सय करोडको हाराहारीमा निर्माण गरिएको हो । राधाकृष्ण कुमारको निर्देशनमा तयार फिल्मको मिश्रित प्रतिक्रिया आइरहेको छ  ।

 

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  १ : १५ बजे

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद– पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको

म्युजिक नेपालले ल्यायो ‘डल्बी एट्मस’ स्टुडियो

काठमाडौं – नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तर दिन

ग्रीनल्यान्ड कब्जाको विरोध गर्दा युरोपका ८ देशमाथि ट्रम्पले लगाए १० प्रतिशत ट्यारिफ

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपका ८ देशमाथि १० प्रतिशत