कस्तो छ ’चिसो एष्ट्रे’ ? « Khabarhub

कस्तो छ ’चिसो एष्ट्रे’ ?


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मंगलबार साँझ काठमाडौँमा फिल्म ’चिसो एष्ट्रे’ को प्रिमियर शो भएको छ । फिल्मकर्मी तथा सञ्चारकर्मीले हेरेको फिल्मले सकारात्मक प्रतिक्रिया पाएको छ । फिल्म हेरेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सेलिब्रेटीहरुले फिल्मको कथावाचन र दृश्यभाषामा फरक पन देखिएको प्रतिक्रिया दिएका छन्  ।

फिल्म हेरेपछि अभिनेता सन्तोष पन्तले आफूलाई नेपाली हैन हलिउड फिल्म हेरिरहेको भान भएको प्रतिक्रिया दिएका थिए । उनले युवा पुस्तालाई केन्द्रमा राखेर बनाएको फिल्म क्वाँटी जस्तै सबै कुराको मात्रा मिलेको र आफूलाई असाध्यै राम्रो लागेको बताएका थिए ।

निर्देशक प्रदीप भट्टराईले पनि सन्तोषझैं नेपाली फिल्म हलिउड जस्ता किन बन्दैनन् भन्ने दर्शकका लागि चिसो एष्ट्रे जवाफ भएको बताएका थिए । ‘यो हलिउड स्टाइलको फिल्म हो । लुटपछि यसको शैली ब्रेक गर्ने जुन फिल्मको हामी खोजि गरिरहेका थियौँ त्यो यहि हो,’ उनले थपे, ‘फिल्मको दृश्य भाषामा यो ठूलो फड्को हो ।’

लूट फिल्म निर्देशन गरेर स्थापित भएका निर्देशक निश्चल बस्नेतले फिल्मको स्क्रिप्ट पर्दामा उतार्ने निर्देशक दिन्स पाल्पालीको प्रशंसा गरे । उनले फिल्मको अभिनयदेखि कस्ट्युमको छनौटसम्मको तारिफ गर्दै दृश्यभाषामा भने फिल्म निकै नै अब्बल रहेको बताएका थिए । अभिनेता राजेश हमालले अब्स्ट्रयाक्ट फिल्म आफ्नो रोजाइमा रहने गरेको बताउँदै यसले काठमाडौँ खोल्डोलाई दृश्यको माध्यमबाट हेरेको बताए ।

‘पहिलो कुरा त यो मेरो स्वादमा पर्यो । ग्रिपिङ छ । कलाकारको काम एकदमै राम्रो छ । मलाई मन पर्यो राजेशले प्रतिक्रिया दिए । साहित्यकार कुमार नगरकोटीले पनि यत्तिको सशक्त नेपाली फिल्म आफूले पछिल्लो समय नहेरेको बताउँदै यसको संवाद, विम्ब आदि प्रभावशाली रहेको बताए । अभिनेता खगेन्द्र लामिछानेले पनि आफूले हेर्ने र गर्ने भन्दा फिल्म पृथक रहेको बताएका थिए ।

प्रिमियरमा सेलिब्रेटीको प्रतिक्रियाले सन्तुष्ट देखिएका फिल्मका निर्माता महेशबाबु तिमिल्सिनाले धेरै वर्षको मेहनत सार्थक भएको महसुस गरिरहेको बताए  । कवि भूपी शेरचनको ‘चिसो एष्ट्रे’ कविताको भावलाई कथानक स्वरुप दिई निर्माण गरेको फिल्ममा दिन्स पाल्पालीको निर्देशनमा जीवन्त बनेको प्रतिक्रिया प्राप्त भएको हो । फिल्मलाई उज्जवल बस्ताकोटीले खिचेका हुन् । अजर जंगमको संगीत रहेको फिल्ममा दिव्य देव, सुशील पाण्डे, सृष्टि श्रेष्ठ, निकुनश्रेष्ठ, नबिन लम्साल र रविन तामाङको मुख्य भूमिका रहेको छ ।

प्रिमियर समारोहमा भएको छोटो कार्यक्रममा भूपी पत्नी कान्ति शेरचनलाई दोसल्ला ओडाइ सम्मान गरिएको थियो । उनले भूपीको कविताको भावलाई लिएर फिल्म बन्नुनै सुन्दर पक्ष रहेको बताएकी थिइन् । कंगारु क्रिएसन, लोकल सिनेमा र क्रिएटिभ नेपाल फिल्मस् संयुक्त प्रयासमा महेशबाबु निर्मित फिल्मलाई प्रबिङ स्याङ्बो र सुष्मिता पराजुलीले निर्माणमा सघाएका छन् । फिल्म निर्माणमा उत्पल झा, रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडाको पनि सहकार्य रहेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  २ : ०३ बजे

बाढीले सडक बगाएपछि रसुवाका बाढीपीडितलाई ‘ड्रोन’को सहारा

काठमाडौँ – आजभोलि रसुवाको आमाछोदिङमो गाउँपालिकाको आकाशमा बेलाबेलामा ड्रोन उडिरहेको

एसीसी प्रिमियर कप फाइनल : आशिफको शतकमा नेपालले युएईलाई दियो ३१४ रनको चुनौती

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालले संयुक्त अरब इमिरेट्स

एसीसी प्रिमियर कप फाइनल : युएईविरुद्ध गुल्सन झाको अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका अलराउन्डर गुल्सन झाले

गैंडाकोटमा दुई बस ठोक्किँदा १८ जना घाइते

काठमाडौँ – नवलपरासी (बर्दाघाट सुस्ता पूर्व) को गैंडाकोट नगरपालिका–१२ हर्कपुरस्थित

एसीसी प्रिमियर कप फाइनलमा आशिफ शेखको शतक

काठमाडौँ – एसीसी प्रिमियर कपको फाइनलमा नेपालका ओपनर आशिफ शेखले