युनेस्कोकाे टाेली जुम्लामा « Khabarhub

युनेस्कोकाे टाेली जुम्लामा


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जीवन रुपान्तरण गर्ने शिक्षा लागु गर्नका लागि युनेस्कोको टोली जुम्ला पुगेको छ । सिक्नका लागि नागरिक सहभागिताको अभियान नामक कार्यक्रम बोकेर युनेस्कोको टोली जुम्ला पुगेको हो ।

जुम्लाको चन्दननाथ नगरपालिका शिक्षा शाखासँगको स्थानीय समन्वयमा नगरपालिकाका विद्यालयका शिक्षक, विद्यार्थी, जनप्रतिनिधि, नागरिक समाज, सामाजिक संस्थासँग जिल्लाको विकास, समृद्धि, सभ्यता, संस्कारसहितको जीवन रुपान्तरण  गर्ने  शिक्षाका बारेमा प्रशिक्षण दिइएको नेपाल राष्ट्रिय आयोगका सचिवालय सचिव गोविन्द अर्यालले बताए ।

उनका अनुसार अधिकृत पदमराज जोशीसहितको टोलीले जिल्लामा सरोकारवाला निकायसँग यहाँका अनुभव तथा सभ्यता संस्कृति संरक्षण लगायतका विषयमा छलफल गरेको छ ।

चन्दननाथ नमुना माध्यामिक विद्यालयमा एक दिने रुपान्तरणका निम्ति  सिक्नका लागि सिकौँ नागरिक सहभागिता कार्यक्रममार्फत  युनेस्कोले सरकारले शिक्षा क्षेत्रमा गरेका काम र बनेका नीतिका बारेमा छलफल गरेकाे छ ।

निमित्त नेपाल राष्ट्रिय आयोगका सचिवालयका सचिव गोविन्द अर्यालले समाजमा सकारात्मक रुपान्तरणका विषयमा जिल्लाको वस्तुस्थितिको विषयमा जानकारी लिन कार्यक्रम आयोजना गरिएको बताए  ।

उनले समाजमा भएका विकृति कम गर्दै हाम्रो संस्कृतिको सम्मान र संरक्षण गर्न आवश्यक भएकाले सिञ्जा सभ्यता, खस सभ्यताको विषयमा जानकारी लिनेसमेत बताए ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत आयोगको सचिवालय रहेको बताउँदै उनले काम गर्ने क्रममा विभिन्न चुनौती र समस्या  रहेको बताए ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  २ : २९ बजे

सुदूरपश्चिममा एमाले र नेकपाले टुङ्ग्याए उम्मेदवार

महेन्द्रनगर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुदूरपश्चिम

पाकिस्तानको मलमा आगलागी : ६ जनाको मृत्यु, २० भन्दा बढी घाइते

इस्लामाबाद– पाकिस्तानको दक्षिणी शहर कराचीमा शनिबार राति एक मलमा आगलागी

बालेनले राजीनामा नदिई उम्मेदवारी दर्ता गराउने, यस्तो छ कानुनी व्यवस्था

काठमाडौं– काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह ‘बालेन’ले प्रतिनिधिसभाको उम्मेदवार बन्नुअगाडि

खोला मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं– गैर न्यायिक रुपमा खोला तथा सडक मापदण्ड निर्धारण गरिएको

म्युजिक नेपालले ल्यायो ‘डल्बी एट्मस’ स्टुडियो

काठमाडौं – नेपाली फिल्म र संगीत क्षेत्रको प्राविधिक गुणस्तर दिन