किन चर्चामा छ,’द कश्मीर फाइल्स’ ? « Khabarhub

किन चर्चामा छ,’द कश्मीर फाइल्स’ ?


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गत शुक्रबार देखि प्रदर्शनरत फिल्म ’द कश्मीर फाइल्स’ चर्चामा छ । फिल्म रिलिज भएपछि पाइरहेको प्रतिक्रियासँगै यसले उठाएको विषयले यसलाई चर्चामा ल्याएको हो । यसको प्रभाव व्यापारमा पनि देखिएको छ । प्रदर्शनको पहिलो दिन ३ करोड ५५ लाखको व्यापार गरेको फिल्मले दोस्रो दिन ८ करोड ५० लाख , तेस्रो दिन १५ करोड १० लाख र चौंथो दिन १५ करोड ५ लाखको व्यापार गरेको छ ।

फिल्मले भारतीय बक्स अफिसमा चार दिनमै ४२.२० करोड कमाएको छ । फिल्मले एक सय करोडको आकडा पार गर्ने विश्वास भारतीय फिल्मको ट्रेड विश्लेषण गर्ने विश्लेषकहरुले गरेका छन् । कश्मीरमा मुस्लिम पृथकतावादीले सन् १९९० को दशकमा चलाएको कश्मीर पण्डित सफाया नामक हिंसामाथि बनेको फिल्मलाई लिएर अहिले भारतमा चर्चा छ । यसमा छलफल बढेसँगै फिल्म हेर्नेको संख्या पनि बढ्दो छ ।

पछिल्लो समय ओटीटीको प्रभाव बढेसँगै हलमा फिल्मको व्यापार कम्जोर भइरहेको समयमा समिक्षा र वर्ड अफ माउथकै कारण ’द कश्मीर फाइल्स’ ले बक्स अफिसमा समेत राम्रो कमाइ गरिरहेको छ । फिल्म राम्रो भए चल्छ भन्ने उदाहरणलाई यसले नै पछिल्लो समय मुर्तरुप दिएको हो । फिल्मको चर्चा बढेसँगै पछिल्लो समय यसले ट्याक्समा छुट मात्र पाएको छैन , ठुला राजनीतिज्ञले यसले उठान गरेको मुद्दामा बहस सुरु गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले फिल्मको प्रशंसा गर्दै कश्मीरको यथार्थ बाहिर ल्याएकोमा फिल्म टिमलाई बधाई दिएका छन् । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले सरकार चलाइ रहेका सात भारतीय राज्यले फिल्म ‘द कश्मीर फाइल्स’ लाई मनोरञ्जन करमा छुट दिने घोषणा गरेका छन् । उत्तर प्रदेश, गुजरात, मध्यप्रदेश, त्रिपुरा, गोवा र हरियाणा राज्यले फिल्मलाई कर छुट दिने घोषणा गरेका हुन् । दोस्रो विधानसभा चुनावपछि पुनः सत्तामा फर्किएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पहिलो निर्णय गर्दै फिल्मलाई करबाट मुक्त गरिएको घोषणा ट्वीटरमार्फत गरेका छन् ।

विवेक अग्निहोत्रीद्वारा लिखित र निर्देशित फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, पल्लवी जोशी र दर्शन कुमारको अभिनय छ । सामाजिक सञ्जालसँगै राजनीतिज्ञहरु, फिल्म र मनोरञ्जन उद्योगमा ’द कश्मीर फाइल्स’ नामले चर्चा पाएको छ । कश्मीरी पण्डितहरू कश्मीरबाट पलायन भएको कथालाई बुनेको यो फिल्म कयौं थिएटरमा यो फिल्म हाउसफूलका साथ चलिरहेको छ । दक्षिणका सुपरस्टार प्रभाषको फिल्म ‘राधे–श्याम’ सँगै रिलिज भएको यो फिल्मले आफ्नो दर्शक दिनानुदिन बढाउन सफल भएको छ । ठूलो फिल्मसँग टक्करका बाबजुद ‘द कश्मीर फाइल्स’ ले दर्शकहरुबाट प्राप्त वर्ड अफ माउथकै कारण बक्स अफिसमा कमाल गरिरहेको छ ।

बीजेपीका अधिकांश नेताले फिल्मलाई शानदार भनेका छन् र उनीहरूले जनतालाई फिल्म हेर्नका लागि अपिलसमेत गरेका छन् । दिल्ली दंगाको समयमा उग्र भाषणका कारण चर्चामा आएका कपिल मिश्राले फिल्मको विषयमा ट्वीट गरेका छन् । महिला एवं बाल विकास मन्त्री स्मृति ईरानीले ट्वीटमार्फत ‘खुनले लेखिएको यो इतिहासलाई पुनः दोहोर्याउन नहुने’ उल्लेख गरेकी छन् । मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंहले यो फिल्मलाई धेरै दर्शकले हेर्नुपर्ने भएकाले यसलाई ट्याक्स फ्री गरिएको जनाएका छन् ।

नेपालमा पनि प्रदर्शन हुने

यो फिल्म मार्च ११ मा रिलिज हुने भएको थियो । यद्दपी नेपाल रिलिज भने भएन । फिल्मले उठान गरेको विषयवस्तु नभई नेपाली बजारमा स्टारडम देखिने अनुहारको मात्र फिल्म रिलिज गरिने भएकाले पनि यसको प्रदर्शनमा ढिलाइ भएको हो । यद्दपी भारतमा यसले पाएको समिक्षा र बक्सअफिसमा गरेको व्यापार देखेपछि नेपाली वितरकले नेपाल रिलिज गर्ने भएका छन् । फिल्म एक सातापछि आउँदो शुक्रबारबाट नेपालमा रिलिज हुने पक्का भएको छ ।

कपिल शर्मा शोको बारेमा बोले अनुपम

’द कश्मीर फाइल्स’ लाई प्रदर्शन अगावै चर्चामा ल्याउने एउटा कारण कपिल शर्मा पनि बने । उनको शोमा फिल्म युनिटले प्रमोसन गर्न नपाएको खबर एकाएक चर्चामा आयो । त्यसपछि कपिलले सामाजिक सञ्जालमा कडा टिप्पणीको सामना गर्नु परेको थियो । यद्दपी यसको विषयमा अभिनेता अनुपम खेरले बोलेका छन् ।

फिल्मका मुख्य अभिनेता अनुपमले कपिलसँग प्रमोसनको विषयमा कुरा भएको बताए । ’केहि समय अगाडी नै कपिलसँग प्रमोसनको विषयमा कुरा भएको थियो । यद्दपी फिल्मले उठान गरेको विषय र शोको फर्म्याटका कारण हामी त्यहाँ नगएका हौँ’ अनुपमले एक अन्तर्वार्ताको क्रममा भने । त्यसपछि फिल्मलाई रुचाउने दर्शकको रिस केहि कम भएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  २ : ५८ बजे

द्वन्द्वप्रभावित परिवारका विद्यार्थीलाई छात्रवृत्ति वितरण

काठमाडौं– वन्यजन्तुको आक्रमणबाट अभिभावक गुमाएका मानव–वन्यजन्तु द्वन्द्व प्रभावित परिवारका विद्यार्थीलाई

रास्वपा महाधिवेशन : नयाँ नेतृत्व चयनका लागि भोलि मतदान

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को नयाँ नेतृत्व चयनका लागि भोलि बुधबार

विश्वकपको बहुप्रतीक्षित भिडन्त : कस्तो होला हालान्ड र एमबाप्पेबीचको प्रतिस्पर्धा ?

इस्ट रदरफोर्ड, न्यु जर्सी- यस पटक ४८ टोली सहभागी विस्तारित

समूहगत दबाबमा रवि-बालेन, जेन-जीका नाममा सुधनको ‘बार्गेनिङ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन झन् झन् लम्बिँदै गएको

सार्वजनिक यातायातमा प्रविधिको निगरानी : सिसीक्यामेरा, जिपिएस जडान

काठमाडौ– काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सेवाका सवारीसाधनलाई थप सुरक्षित,