किन चर्चामा छ,’द कश्मीर फाइल्स’ ? | Khabarhub Khabarhub

किन चर्चामा छ,’द कश्मीर फाइल्स’ ?


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गत शुक्रबार देखि प्रदर्शनरत फिल्म ’द कश्मीर फाइल्स’ चर्चामा छ । फिल्म रिलिज भएपछि पाइरहेको प्रतिक्रियासँगै यसले उठाएको विषयले यसलाई चर्चामा ल्याएको हो । यसको प्रभाव व्यापारमा पनि देखिएको छ । प्रदर्शनको पहिलो दिन ३ करोड ५५ लाखको व्यापार गरेको फिल्मले दोस्रो दिन ८ करोड ५० लाख , तेस्रो दिन १५ करोड १० लाख र चौंथो दिन १५ करोड ५ लाखको व्यापार गरेको छ ।

फिल्मले भारतीय बक्स अफिसमा चार दिनमै ४२.२० करोड कमाएको छ । फिल्मले एक सय करोडको आकडा पार गर्ने विश्वास भारतीय फिल्मको ट्रेड विश्लेषण गर्ने विश्लेषकहरुले गरेका छन् । कश्मीरमा मुस्लिम पृथकतावादीले सन् १९९० को दशकमा चलाएको कश्मीर पण्डित सफाया नामक हिंसामाथि बनेको फिल्मलाई लिएर अहिले भारतमा चर्चा छ । यसमा छलफल बढेसँगै फिल्म हेर्नेको संख्या पनि बढ्दो छ ।

पछिल्लो समय ओटीटीको प्रभाव बढेसँगै हलमा फिल्मको व्यापार कम्जोर भइरहेको समयमा समिक्षा र वर्ड अफ माउथकै कारण ’द कश्मीर फाइल्स’ ले बक्स अफिसमा समेत राम्रो कमाइ गरिरहेको छ । फिल्म राम्रो भए चल्छ भन्ने उदाहरणलाई यसले नै पछिल्लो समय मुर्तरुप दिएको हो । फिल्मको चर्चा बढेसँगै पछिल्लो समय यसले ट्याक्समा छुट मात्र पाएको छैन , ठुला राजनीतिज्ञले यसले उठान गरेको मुद्दामा बहस सुरु गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले फिल्मको प्रशंसा गर्दै कश्मीरको यथार्थ बाहिर ल्याएकोमा फिल्म टिमलाई बधाई दिएका छन् । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले सरकार चलाइ रहेका सात भारतीय राज्यले फिल्म ‘द कश्मीर फाइल्स’ लाई मनोरञ्जन करमा छुट दिने घोषणा गरेका छन् । उत्तर प्रदेश, गुजरात, मध्यप्रदेश, त्रिपुरा, गोवा र हरियाणा राज्यले फिल्मलाई कर छुट दिने घोषणा गरेका हुन् । दोस्रो विधानसभा चुनावपछि पुनः सत्तामा फर्किएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पहिलो निर्णय गर्दै फिल्मलाई करबाट मुक्त गरिएको घोषणा ट्वीटरमार्फत गरेका छन् ।

विवेक अग्निहोत्रीद्वारा लिखित र निर्देशित फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, पल्लवी जोशी र दर्शन कुमारको अभिनय छ । सामाजिक सञ्जालसँगै राजनीतिज्ञहरु, फिल्म र मनोरञ्जन उद्योगमा ’द कश्मीर फाइल्स’ नामले चर्चा पाएको छ । कश्मीरी पण्डितहरू कश्मीरबाट पलायन भएको कथालाई बुनेको यो फिल्म कयौं थिएटरमा यो फिल्म हाउसफूलका साथ चलिरहेको छ । दक्षिणका सुपरस्टार प्रभाषको फिल्म ‘राधे–श्याम’ सँगै रिलिज भएको यो फिल्मले आफ्नो दर्शक दिनानुदिन बढाउन सफल भएको छ । ठूलो फिल्मसँग टक्करका बाबजुद ‘द कश्मीर फाइल्स’ ले दर्शकहरुबाट प्राप्त वर्ड अफ माउथकै कारण बक्स अफिसमा कमाल गरिरहेको छ ।

बीजेपीका अधिकांश नेताले फिल्मलाई शानदार भनेका छन् र उनीहरूले जनतालाई फिल्म हेर्नका लागि अपिलसमेत गरेका छन् । दिल्ली दंगाको समयमा उग्र भाषणका कारण चर्चामा आएका कपिल मिश्राले फिल्मको विषयमा ट्वीट गरेका छन् । महिला एवं बाल विकास मन्त्री स्मृति ईरानीले ट्वीटमार्फत ‘खुनले लेखिएको यो इतिहासलाई पुनः दोहोर्याउन नहुने’ उल्लेख गरेकी छन् । मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंहले यो फिल्मलाई धेरै दर्शकले हेर्नुपर्ने भएकाले यसलाई ट्याक्स फ्री गरिएको जनाएका छन् ।

नेपालमा पनि प्रदर्शन हुने

यो फिल्म मार्च ११ मा रिलिज हुने भएको थियो । यद्दपी नेपाल रिलिज भने भएन । फिल्मले उठान गरेको विषयवस्तु नभई नेपाली बजारमा स्टारडम देखिने अनुहारको मात्र फिल्म रिलिज गरिने भएकाले पनि यसको प्रदर्शनमा ढिलाइ भएको हो । यद्दपी भारतमा यसले पाएको समिक्षा र बक्सअफिसमा गरेको व्यापार देखेपछि नेपाली वितरकले नेपाल रिलिज गर्ने भएका छन् । फिल्म एक सातापछि आउँदो शुक्रबारबाट नेपालमा रिलिज हुने पक्का भएको छ ।

कपिल शर्मा शोको बारेमा बोले अनुपम

’द कश्मीर फाइल्स’ लाई प्रदर्शन अगावै चर्चामा ल्याउने एउटा कारण कपिल शर्मा पनि बने । उनको शोमा फिल्म युनिटले प्रमोसन गर्न नपाएको खबर एकाएक चर्चामा आयो । त्यसपछि कपिलले सामाजिक सञ्जालमा कडा टिप्पणीको सामना गर्नु परेको थियो । यद्दपी यसको विषयमा अभिनेता अनुपम खेरले बोलेका छन् ।

फिल्मका मुख्य अभिनेता अनुपमले कपिलसँग प्रमोसनको विषयमा कुरा भएको बताए । ’केहि समय अगाडी नै कपिलसँग प्रमोसनको विषयमा कुरा भएको थियो । यद्दपी फिल्मले उठान गरेको विषय र शोको फर्म्याटका कारण हामी त्यहाँ नगएका हौँ’ अनुपमले एक अन्तर्वार्ताको क्रममा भने । त्यसपछि फिल्मलाई रुचाउने दर्शकको रिस केहि कम भएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  २ : ५८ बजे

पत्रकारिताको विकासका लागि प्रदेश सरकार प्रतिवद्ध छ : मुख्यमन्त्री पाण्डे

सुन्दरबजार– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राज्यका हरेक क्रियाकलापमा पत्रकारहरूको

कांग्रेस सांसद्को प्रस्ताव – योजना आयोग नै खारेज !

काठमाडौं – नेपाली कांग्रेसकी सांसद् कान्तिका सेजुवालले संसद् बैठकमा राष्ट्रिय

मिडिया काउन्सिल विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले ‘मिडिया काउन्सिल विधेयक, २०८० माथि विचार

हिसान काठमाडौंले ‘दोस्रो हिसान म्याराथुन–२०२४’ आयोजना  गर्ने

काठमाडौं– उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) काठमाडौँ

रविविरुद्धको मुद्दालाई अग्राधिकार, सर्वोच्चले कास्की प्रहरीमा दर्ता जाहेरी झिकायो

काठमाडौं– सर्वोच्च अदालतले गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिटलाई अग्राधिकार