फागु पूर्णिमाको दिन काठमाडौँमा ट्राफिक व्यवस्थापनमा कडाइ, ६८ स्थानमा विशेष चेकजाँच | Khabarhub Khabarhub

फागु पूर्णिमाको दिन काठमाडौँमा ट्राफिक व्यवस्थापनमा कडाइ, ६८ स्थानमा विशेष चेकजाँच


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पूर्णिमा पर्व (होली) लाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाको तीनै जिल्लामा एक हजार तीन सयभन्दा बढि ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिएको छ ।

होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व बनाउनका लागी महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गर्ने भएको हो ।

होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले सम्पन्न गराउन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सबै ट्राफिक इकाइ तथा इन्चार्जहरूलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिँदै खटिने प्रहरी कर्मचारीहरूलाई बुधबार ब्रिफिङसमेत गरेका छन् ।

‘फागु पूर्णिमाको अवसरमा हुने सवारी व्यवस्थापनको विभिन्न चुनौतीहरू तथा खतराहरूलाई यथार्थपरक विश्लेषण र मूल्यांकन गरेर प्रविधि उपकरणहरुको समुचित उपयोग गर्ने गरी विशिष्टीकृत ट्राफिक प्रहरी परिचालन गर्न लागेका छौँ,’ एसएसपी उमेशराज जोशीले भने, ‘बिहानैदेखि प्रहरी नायव उपरीक्षकको नेतृत्वमा दुईवटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिने छ ।’

उच्छृङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तिव्र गति र जिकज्याक गरि मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरसाइकल हुइँक्याउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा तीनजना भन्दा बढी सवार गरी चलाउने, सवारी साधनको प्रयोग गरी महिलाहरूलाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठुलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारी चालक अनुमति पत्र नभएकाहरूले सवारी साधन चलाउने, ट्राफिक नियम विपरीत सवारी चलाउने माथि विशेष निगरानी गर्ने गरी महाशाखाले सुरक्षा योजना तयार गरेको जनाइएको छ ।

महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको छ भने बिहानैदेखि मापसे परीक्षण कडाइका साथ शुरु गर्ने भएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ३ : १३ बजे

ट्रम्पलाई अदालतले दियो एलएमा नेसनल गार्ड नियन्त्रण गर्न अनुमति

सान फ्रान्सिस्को- क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमको आपत्तिका बावजु अमेरिकी अपील

च्याम्पियन्स लिग विजेता पीएसजी बोटाफोगोसँग स्तब्ध, क्लब विश्वकपमा सनसनीपूर्ण नतिजा

काठमाडौं- दक्षिण अमेरिकी च्याम्पियन बोटाफोगोले क्लब विश्वकपको दोस्रो खेलमा युरोपियन

प्रधानमन्त्रीले कुरा नसुनी बैठकबाट निस्केपछि हामीले बहिष्कार गर्‍यौँ : रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरुले आफ्नो पार्टीले उठाउँदै आएका

नेपालको वैदेशिक व्यापार बढ्यो, ११ महिनामा साढे १६ खर्बको आयात, निर्यात ७७ प्रतिशतले वृद्धि

काठमाडौं– चालु आर्थिक वर्षमा गत आर्थिक वर्षको तुलनामा नेपालको समग्र

पूर्वाधार क्षेत्रमा विनियोजित बजेट न्यायसङ्गत भएन : सांसद बस्नेत

काठमाडौं–  प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर