फागु पूर्णिमाको दिन काठमाडौँमा ट्राफिक व्यवस्थापनमा कडाइ, ६८ स्थानमा विशेष चेकजाँच « Khabarhub

फागु पूर्णिमाको दिन काठमाडौँमा ट्राफिक व्यवस्थापनमा कडाइ, ६८ स्थानमा विशेष चेकजाँच


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- महानगरीय ट्राफिक प्रहरी महाशाखाले फागु पूर्णिमा पर्व (होली) लाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाको तीनै जिल्लामा एक हजार तीन सयभन्दा बढि ट्राफिक प्रहरी खटाई ट्राफिक व्यवस्थापन कडा गरिएको छ ।

होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटना रहित होली पर्व बनाउनका लागी महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरि आफ्नो जनशक्ति परिचालन गर्ने भएको हो ।

होली पर्वलाई सभ्य र सुरक्षित तरिकाले सम्पन्न गराउन महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उमेशराज जोशीले सबै ट्राफिक इकाइ तथा इन्चार्जहरूलाई ट्राफिक व्यवस्थापन कडा बनाउन निर्देशन दिँदै खटिने प्रहरी कर्मचारीहरूलाई बुधबार ब्रिफिङसमेत गरेका छन् ।

‘फागु पूर्णिमाको अवसरमा हुने सवारी व्यवस्थापनको विभिन्न चुनौतीहरू तथा खतराहरूलाई यथार्थपरक विश्लेषण र मूल्यांकन गरेर प्रविधि उपकरणहरुको समुचित उपयोग गर्ने गरी विशिष्टीकृत ट्राफिक प्रहरी परिचालन गर्न लागेका छौँ,’ एसएसपी उमेशराज जोशीले भने, ‘बिहानैदेखि प्रहरी नायव उपरीक्षकको नेतृत्वमा दुईवटा अनुगमन टोली, १४ वटा मोबाइल टोली, सवारी साधन अभिलेख व्यवस्थापन टोली र मोटरसाइकलमा थप ट्राफिक प्रहरी परिचालन गरिने छ ।’

उच्छृङ्खल तथा अवान्छित तरिकाले सवारी साधनको प्रयोग गर्ने, तिव्र गति र जिकज्याक गरि मोटरसाइकल चलाउने, मादक पदार्थ सेवन गरी मोटरसाइकल हुइँक्याउने, मोटरसाइकलमा हेल्मेट नलगाउने, मोटरसाइकलमा तीनजना भन्दा बढी सवार गरी चलाउने, सवारी साधनको प्रयोग गरी महिलाहरूलाई लक्षित गरी रङ लोला हान्ने र अभद्र व्यवहार गर्ने, ठुलो आवाज निकाल्ने र मोडिफाई गरी सवारी चलाउने, सवारी चालक अनुमति पत्र नभएकाहरूले सवारी साधन चलाउने, ट्राफिक नियम विपरीत सवारी चलाउने माथि विशेष निगरानी गर्ने गरी महाशाखाले सुरक्षा योजना तयार गरेको जनाइएको छ ।

महाशाखाले होली पर्वलाई दुर्घटनारहित बनाउन उपत्यकाका विभिन्न नाकासहित ६८ स्थानमा विशेष चेकजाँचको व्यवस्था मिलाएको छ भने बिहानैदेखि मापसे परीक्षण कडाइका साथ शुरु गर्ने भएको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ३ : १३ बजे

युक्रेनले इरानको आक्रमणविरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने

एजेन्सी– युक्रेनले इरानी आक्रमणविरुद्ध खाडी सहयोग परिषद (जीसीसी) राज्यहरूको समर्थन

रास्वपाबारे शंकर पोखरेल : लोकप्रियतावाद र अराजकतावादको जगमा उदायो, जनताले एमालेको साथ छाडेका छैनन्

काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले अहिले राष्ट्रिय स्वतन्त्र पार्टी

इरानका सुरक्षा प्रमुख अली लारिजानी मारिएको इजरायली रक्षामन्त्रीको दाबी

काठमाडौं- इजरायलले इरानमा गरिएको कारवाहीमा परी सुरक्षा प्रमुख अली लारिजानी

नेप्से परिसूचक १३ अंकले बढ्यो

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार देखिएको

सीको किताब जलाएपछि चीनको गम्भीर चासो, गृहले दियो कारबाहीको निर्देशन

काठमाडौं– गृह मन्त्रालयले नेपाल–चीन सम्बन्धलाई असर पुर्‍याउने किसिमको घटनाका सम्बन्धमा