एमाले सांसदहरूलाई ओलीको निर्देशन– चुनावकेन्द्रित भएर गाउँ–गाउँ पुग्नू « Khabarhub

एमाले सांसदहरूलाई ओलीको निर्देशन– चुनावकेन्द्रित भएर गाउँ–गाउँ पुग्नू


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओलीले सांसदहरूलाई निर्वाचनकेन्द्रित हुन निर्देशन दिएका छन् ।

आज बसेको पार्टीको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले आफ्नो हैसियत र मर्यादा नखोजी कार्यकर्ता जस्तो भएर स्थानीय तहको निर्वाचनमा खट्न निर्देशन दिएका हुन् ।

उनले चुनावकेन्द्रित भई गाउँ–गाउँमा पुगेर केन्द्रीय गतिविधि र संसद विघटनको विषयमा पार्टीको धारणा जनतासमक्ष राख्न पनि सांसद्सँग आग्रह गरेको एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।

अध्यक्ष ओलीले स्थानीय चुनावमा एमालेले ६५ देखि ७० प्रतिशत स्थानमा जित हासिल गर्ने दाबी पनि गरेका थिए ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ६ : १८ बजे

उम्मेदवारबारे एमाले ओखलढुंगामा किचलो, जिल्ला कार्यालयमा तालाबन्दी, अध्यक्षले हात उठाए

ओखलढुंगा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ओखलढुंगामा प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार चयनले

सर्वोच्चद्वारा बागमती किनारको २० मिटर थप क्षेत्र छाड्नुपर्नेसम्बन्धी आफ्नै फैसला उल्ट्यायो

काठमाडौं- सर्वोच्च अदालतले काठमाडौँ उपत्यकाका बागमती नदी र यसका सहायक

नेपालमा ऊर्जा क्षेत्रको विकास गर्न निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण छ : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको

महँगो म्युजिक भिडियो खेल्यो कि दुलही !

काठमाडौं – कलाकार राजाराम पौडेलले एक समय अन्तर्वार्तामा भनेका थिए–

बीवाईडी नाम दुरुपयोग गर्ने अनधिकृत डिजिटल प्लेटफर्ममाथि साइमेक्स इंकको कानुनी पहल 

काठमाडौं– बीवाईडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंक प्राइभेट लिमिटेडले बीवाईडी