आईसीसी लिग २- रोहितकुमार पौडेल र आरिफ शेखको उत्कृष्ट प्रदर्शनमा नेपालको जित  « Khabarhub

आईसीसी लिग २- रोहितकुमार पौडेल र आरिफ शेखको उत्कृष्ट प्रदर्शनमा नेपालको जित 


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आईसीसी लिग २ मा नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको छ ।  

आईसीसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई दुई विकेटले पराजित गरेको हो ।

युनाइटेड अरब इमिरेट्स (युएइ) को सारजाह क्रिकेट मैदानमा आज भएको खेलमा पपुवा न्युगिनीले दिएको २०५ रनको लक्ष्य नेपालले ४९ दशमलव २ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको थियो ।

नेपालका लागि रोहितकुमार पौडेल र आरिफ शेखले अर्धशतकीय पारी खेले । पौडेलले ५८ तथा शेखले ५३ रनको योगदान दिए । त्यसैगरी करण केसीले २९, आशिफ शेखले १६, विनोद भण्डारीले ११, सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले समान ८÷८, ज्ञानेन्द्र मल्लले ४ तथा कुशल भुर्तेलले एक रन बनाए ।

बलिङतर्फ पपुवा न्यूगिनीका नोरम्यान भानुवा, रिले हेकुरेएली नाओले समान २÷२ विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गर्दै पपुवा न्यूगिनीले ५० ओभरमा ८ विकेट गुमाएर २०४ रन बनाएको थियो । उसका लागि चाल्स अमिनीले ५९ रनको अर्धशतकीय पारी खेले ।

यस्तै टोनी उराले २७, लेगा सियकाले २५, चाद सोपरले ३५, नोरमान भानुले २३ र असद भालाले १९ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामीले ३ तथा कप्तान सन्दीप लामिछाने, आरिफ शेख र ज्ञानेन्द्र मल्लले एक एक विकेट लिए । नेपालले दोस्रो खेल शुक्रबार युएईसँगै खेल्नेछ ।

लिग दुईमा नेपालसहित सात देश सहभागी छन् । नेपाल नौ खेलमा पाँचमा जित तथा चारमा हारका साथ १० अङ्कसहित छैटौँ स्थानमा छ । पपुवा न्युगिनी हालसम्म जितविहीन अवस्थामा छ । उसले हालसम्म खेलेका १४ वटै खेलमा पराजय व्यहोरेको छ ।

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ७ : ४८ बजे

आईजीपी कार्कीबारे खगेन्द्र सुनारको अभिव्यक्ति संसद्को रेकर्डबाट हट्यो

काठमाडौं- सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षा र खेलकुद क्षेत्रमा नेपाल–बेलायत सहकार्यबारे छलफल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि संयुक्त

बाँदरलाई हानेको गोली लागेर एक जनाको मृत्यु

खोटाङ– दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–११ खार्मीमा बाँदरलाई हानेको गोली लागेर

ट्राफिक प्रहरीले फेला पारेका ५० मोटरसाइकल तथा स्कुटर सम्बन्धित धनीलाई बुझायो

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट हराएका

खरानी टक्टक्याएर उठ्दै डेढ अर्ब बढी क्षति व्यहोरेको चितवन (तस्बिरहरू)

चितवन–  जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा