मेयर कप क्रिकेटको उपाधि खलंगालाई « Khabarhub

मेयर कप क्रिकेटको उपाधि खलंगालाई


२ चैत्र २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकामा जारी पाँचौँ संस्करणको मेयर कप क्रिकेट प्रतियोगिताको उपाधि खलंगाले जितेको छ ।

आज सम्पन्न फाइनल खेलमा  दशरथ चन्दलाई ५ विकेटले स्तब्ध पार्दै खलंगाले उपाधि हात पारेको हो । 

खलंगा  गत संस्करणको विजेता हो । उसले गत वर्ष पनि दशरथ चन्दलाई नै ४ रनले हराउँदै उपाधि जितेको थियो । उपाधिसँगै खलंगाले रु ७५ हजार पुरस्कार प्राप्त गरेको छ । उपविजेता दशरथ चन्दले रु ५० हजार प्राप्त गर्‍यो  । 

फाइनलमा खेलमा  दशरथ चन्दले दिएको ८८ रनको सामान्य लक्ष्य खलंगाले १०.४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य प्राप्त गरेको थियो ।  उसका लागि हरिश कार्कीले अविजित ५२ रनको पारी खेलेका थिए । बलिङतर्फ दशरथ चन्दका सुमन रावलले ३ विकेट लिए ।

पहिला ब्याटिङ गरेको दशरथ चन्दले १६.१ ओभरमा सबै विकेट गुमाएर ८७ रन बनायो । उसका लागि आकाश रावलले १७, सुमन रावलले १४ र जगदिश चन्दले १३ रन बनाएका थिए । बलिङतर्फ खलङ्गाका गोविन्द नाथ, प्रदीप चन्द र हरिश कार्कीले ३/३ विकेट लिएका थिए  । खेलको म्यान अफ दी म्याच खलङ्गाका हरिश कार्की घोषित भएको दशरथचन्द नगरपालिकाका क्रिकेट प्रशिक्षक दीपेन्द्रबहादुर बोहराले जानकारी दिए  ।  

प्रतियोगिताको उत्कृष्ट खेलाडी खलङ्गाका प्रदीप चन्द भए । उनले प्रतियोगिताभर व्यक्तिगत १९३ रन बनाउनुका साथै सात विकेटसमेत लिएका थिए । यस्तै प्रतियोगिताभर १० विकेट लिएका ग्वाल्लेकका दीपक जोशी उत्कृष्ट बलर घोषित भए । 

विजेता तथा उपविजेता टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द, दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा, उपप्रमुख मीना चन्द, नगर क्रिकेट समितिका संयोजक रमेश भट्टलगायतले पुरस्कार वितरण गरे ।  

दशरथचन्द नगरपालिकाको सहयोग र नगर क्रिकेट समितिको आयोजनामा गत फागुन २५ देखि सञ्चालन भएको प्रतियोगितामा ११ टोली सहभागी थिए । नगरपालिकाले वार्षिक कार्यक्रममा राखेर हरेक वर्ष मेयर र उपमेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन गर्दै आएको छ ।  

 

प्रकाशित मिति : २ चैत्र २०७८, बुधबार  ९ : ०० बजे

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य

अबदेखि म्यानपावरले विदेशमा रहेका श्रमिकको अवस्थाबारे नियमित अनुगमन गर्नुपर्ने

काठमाडौं– वैदेशिक रोजगार विभागले विदेशमा कार्यरत नेपाली श्रमिकहरूको हक, हित, सुरक्षा

शनिबार भोटो देखाएसँगै रातो मच्छिन्द्रनाथको रथयात्रा सम्पन्न हुने

ललितपुर– करिब एक हजार ६०० वर्ष पुरानो तथा नेपालको सबैभन्दा