उद्योग मन्त्री बडू र पूर्वसचिवहरूबीच छलफल « Khabarhub

उद्योग मन्त्री बडू र पूर्वसचिवहरूबीच छलफल


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग वाणिज्य क्षेत्रका पूर्वसचिवहरूसँग छलफल गरेका छन् ।

शुक्रबार भएको छलफलमा परिवर्तित सन्दर्भमा मन्त्रालयले खेल्नुपर्ने भूमिका र निर्वाह गर्नुपर्ने दायित्वका विविध विषयमा छलफल भएको हो ।

त्यसअवसरमा मन्त्री बडूले पूर्वसचिवहरूका अनुभव र सुझावले वर्तमानमा देखिएका समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षाले लिएका छन् ।

उनले प्राप्त सुझाव कार्यान्वयन गर्न आफू तत्पर रहेको पनि बताए ।

मन्त्री बडूले अहिले देशका अगाडि रहेका चुनौती र जनजीविकासँग जोडिएका समस्याहरू सबैको छलफल, सहकार्य र साझा प्रयासबाट मात्रै समाधान गर्न सकिने भएकोले पूर्वराष्ट्रसेवक, प्रबृद्ध व्यक्तित्वलगायतबाट उपयुक्त सुझाव लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त  गरे ।

पूर्वसचिवहरूले अहिले देखिएका चुनौती उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय एक्लैको प्रयासले सामना गर्न नसकिने भएकोले अन्तरमन्त्रालय समन्वय गरेर अगाडि बढ्न सुझाव दिए ।

उनीहरूले निकासीभन्दा पनि उत्पादन वृद्धि नहुनु नै हाम्रो मूल समस्या भएकोले सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताए ।

छलफलमा पूर्वसचिवहरू पुरुषोत्तम ओझा, लालमणी जोशी, कृष्ण ज्ञवाली, ङइन्द्र उपाध्याय, केदारबहादुर अधिकारी, शंकर कोइराला, चन्द्र घिमिरेलगायतको सहभागी भएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १२ : ०८ बजे

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा