उद्योग मन्त्री बडू र पूर्वसचिवहरूबीच छलफल | Khabarhub Khabarhub

उद्योग मन्त्री बडू र पूर्वसचिवहरूबीच छलफल


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले उद्योग वाणिज्य क्षेत्रका पूर्वसचिवहरूसँग छलफल गरेका छन् ।

शुक्रबार भएको छलफलमा परिवर्तित सन्दर्भमा मन्त्रालयले खेल्नुपर्ने भूमिका र निर्वाह गर्नुपर्ने दायित्वका विविध विषयमा छलफल भएको हो ।

त्यसअवसरमा मन्त्री बडूले पूर्वसचिवहरूका अनुभव र सुझावले वर्तमानमा देखिएका समस्या समाधान गर्न सहयोग पुग्ने अपेक्षाले लिएका छन् ।

उनले प्राप्त सुझाव कार्यान्वयन गर्न आफू तत्पर रहेको पनि बताए ।

मन्त्री बडूले अहिले देशका अगाडि रहेका चुनौती र जनजीविकासँग जोडिएका समस्याहरू सबैको छलफल, सहकार्य र साझा प्रयासबाट मात्रै समाधान गर्न सकिने भएकोले पूर्वराष्ट्रसेवक, प्रबृद्ध व्यक्तित्वलगायतबाट उपयुक्त सुझाव लिएर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त  गरे ।

पूर्वसचिवहरूले अहिले देखिएका चुनौती उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय एक्लैको प्रयासले सामना गर्न नसकिने भएकोले अन्तरमन्त्रालय समन्वय गरेर अगाडि बढ्न सुझाव दिए ।

उनीहरूले निकासीभन्दा पनि उत्पादन वृद्धि नहुनु नै हाम्रो मूल समस्या भएकोले सरकारले यसतर्फ विशेष ध्यान दिनुपर्ने बताए ।

छलफलमा पूर्वसचिवहरू पुरुषोत्तम ओझा, लालमणी जोशी, कृष्ण ज्ञवाली, ङइन्द्र उपाध्याय, केदारबहादुर अधिकारी, शंकर कोइराला, चन्द्र घिमिरेलगायतको सहभागी भएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १२ : ०८ बजे

एसिया कप खेल्ने एपिएफका खेलाडीको बिदाइ

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले महिला टी–२० एसिया कपमा

विश्व खाद्यान्न मूल्य जुनमा स्थिर : एफएओ

रोम – विश्व खाद्यान्नको मूल्य जुनमा स्थिर रहेको संयुक्त राष्ट्रसङ्घीय

भारतबाट अवैध रुपमा ल्याउँदै गरेको कुखुराका चल्ला बरामद

रौतहट – रौतहट स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ठूलो परिमाणमा

विश्वासको मत लिँदा ओलीलाई छेक्न सक्लान् प्रचण्डले ?

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले असार २८ गते संसद्बाट

आजका समाचार : असार २८ मा विश्वासको मत, गोर्खा मिडियामा ६३ करोड ऋण

प्रधानमन्त्री भन्छन्- राजनीतिमा उतारचढाव भइरहन्छ, विपद् व्यवस्थापन र पूर्वतयारीमा गम्भीर