आईपीएल : कोलकत्तामाथि हैदरावादको जित « Khabarhub

आईपीएल : कोलकत्तामाथि हैदरावादको जित


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रबार राति भएको खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ। हैदरावादले कोलकत्ता नाइट राइडर्सलाई ७ विकेटले हराएको हो।

सुरुमा ब्याटिङ गरेको कोलकत्ताले दिएको १ सय ७६ रनको लक्ष्य हैदरावादले १७ ओभर ५ बलमा ३ विकेट गुमाएर भेट्टाएको हो।

हैदरावादको जितमा राहुल त्रिपाठीले ७१ रनको अर्धशतकीय इनिङ खेले। एडिन मार्क्रमले ६८ रन बनाउँदा कप्तान केन विलियम्सन १७ रनमा आउट भए। कोलकत्ताका आन्द्रे रसेलले २ र प्याट कमिन्सले १ विकेट लिए।

पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७५ रन जोडेको थियो। उसका लागि नितिश रानाले ५४, आन्द्रे रसेलले ४९ रन बनाउँदा कप्तान श्रेयस आयरले २८ रन जोडे।

यो जितसँगै सातौं स्थानको हैदरावादले ५ खेलमा ६ अंक जोडेको छ। पराजित भएको कलकत्ताले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । उसले ६ खेलमा ६ अंक जोडेको छ। कोलकत्ता तालिकाको चौंथो स्थानमा छ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ७ : १० बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु