बिजुली नहुँदा टर्च बालेर उपचार « Khabarhub

बिजुली नहुँदा टर्च बालेर उपचार


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- डोल्पाको जिल्ला अस्पतालमा आउने बिरामीले प्रभावकारी उपचार पाउन नसकेको गुनासो गरिरहेका छन्।

अस्पतालसँग ४० केभीएको जेनेरेटर छ तर जेनेरेजटर चलाउने बजेट अस्पतालसँग छैन। विद्युत भार थाम्न नसक्ने भन्दै नेपाल विद्युत प्राविकरणले अस्पतालमा आउले लाइन लोडसेडिङको सूचीमा राखेको छ।

१६ घण्टासम्म लोडसेडिङक हुँदा अस्पतालको काममा बाधा भएको अस्पतालका मेडिकल अधिकृत अखण्ड उपाध्यायले बताए। दैनिक आउने बिरामीलाई रात्रीकालीन अवस्थामा टर्च बालेर उपचार गर्नुपर्ने बाध्यता रहेको उनले बताए।

अस्पतालमा उपचार गराइरहेकी कालि विकले भनिन, ‘रातीभर अध्यरोमा बसेँ। डर पनि लाग्यो।’ अर्की उमकुमारी शाहीको पीडा पनि कम छैन। उनको बच्चालाइ अक्सिजन दिनुपर्ने थियो तर विद्युत नहुँदा अक्सिजन दिन नपाएको बताइन्।

स्थानीय जैसीगाड जलविद्युत आयोजनाबाट उत्पादन गरिएको विद्युतले ठुलीभेरी नगरपालिकाको साथै त्रिपुरासुन्दरी नगरपालिका भित्रसमेत विद्युत आपूर्ती हुँदै आएको छ। दुई वटा जेनेरेटरमध्ये १ वटा मात्र मेसिन सञ्चालनमा आएका कारण विद्युत उत्पादन पुरै हुन नसकेको हो।

केन्द्रीय लाइन डोल्पामा पुग्न सकेको छैन। डोल्पामा विद्युत पुर्याउनका लागि दुइ वर्षअघि भएको ठेक्कासमेत निर्माण व्यवसायीले काम नगर्दा अलपत्र पर्दै आएको छ।

महिनैपिच्छे समस्य आउने यहाँको विद्युतले स्थानीयबासीहरु हैरान भएको बताएका छन्। अस्पतालले मागेको समयमा मात्र विद्युत आपूर्ती गरिरहेको कार्यालय प्रमुख नारायणप्रसाद कर्णले बताए। १५ शैय्याको जिल्ला अस्पतलामा समस्यले गाजिरहेको छ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ९ : ०६ बजे

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक

परराष्ट्रमन्त्री शिशिर खनाल चीन प्रस्थान

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा