पालिकाहरुमा जनप्रतिनिधि बन्न युवाको आकांक्षा बढ्दो | Khabarhub Khabarhub

पालिकाहरुमा जनप्रतिनिधि बन्न युवाको आकांक्षा बढ्दो


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – धेरै पालिकाहरूमा युवाहरूले जनप्रतिनिधि बन्न आकांक्षा देखाएका छन् । ३५ वर्षभन्दा मुनिका युवाहरूको जनप्रतिनिधि बन्न देखिएको दौडधुपले महोत्तरीमा रौनक देखिएको छ ।

बर्दिबास नगरपालिकाका वडा-१ का अध्यक्षका आकाङ्क्षी निरज अधिकारी र सौरभ खडका यसपालिको सत्ता सञ्चालन युवाहरूले गर्नुपर्ने बताउँछन् । पाटीभित्र अग्रज धेरै भए पनि युवाहरूले सकारात्मक सोच र समृद्धिका लागि नवीन योजना बनाउन सक्ने उनीहरूको भनाइ छ ।

`पार्टीले युवाहरूलाई अग्रसर बनाएर नयाँ राजनैतिक धारको विकास गर्नुछ भने विकासका आधारहरु तयार गरेर रोजगारी सिर्जना गर्नु छ´ , उनीहरु दुबैकाे साझा भनाइ छ । त्यस्तै बर्दिबास-१०, ११ तथा वडा न.३ मा पनि युवाहरूले वडा अध्यक्षका लागि दाबी गरेका छन्। वडा न.३ का गणेश बस्नेत, पुर्ण वहादुर, नर वहादुर खनाललगायतले अ‌ाकांक्षा देखाएका छन् ।

अकांक्षीहरुमध्ये छोटो समयमा नै राजनीतिक भूमिकाबाट छुट्टै छाप छोडन सफल युवा नेता गणेश बस्नेतको निक्कै चर्चा छ । स्थानीयले पार्टीभन्दा पनि ब्यक्तिकाे क्षमता र सोचलाई हेरेर आफ्नो मत प्रयोग गर्ने बत्ताइरहेको वेला युवा सहभागितालाई महत्त्वपूर्ण ढङ्गले हेरिएको छ ।

त्यस्तै अन्य वडाका युवाहरूले पनि आकाङ्क्षा देखाएका छन् । पाटीले युवा सहभागितालाई जोड दिने बत्ताइरहेको वेला युवाहरूको आकर्षणले सकारात्मक सन्देश प्रवाह गरिरहेको स्थानीय बताउँछन् ।

राजनैतिक संस्कारलाइ परिवर्तन गर्न पनि युवाहरूले नेतृत्व लिनुपर्ने बर्दिबास-१ का सुदर्शन काफ्ले, वडा न.४ का हरि काफ्ले बताउँछन् ।

यसैबिच नेपाली काँग्रेसले जिल्लाको उत्तरी क्षेत्र बर्दिबास नगरपालिकामा केही वडाहरूमा उम्मेदवार टुङ्गो लगाए पनि अन्य पालिकाहरूमा प्रक्रियामा नै छ । नेपाली कांग्रेसका नेता चिरिन्जिवी हमालका अनुसार शनिबार बेलुकासम्म उम्मेदवार टुङ्गो लगाएर सिफारिस भएका नामहरु जिल्लामा बुझाउने कार्यक्रम छ । यता नेकपा एमाले भने अझै अलमलमा छ । अ‌ाकाक्षीहरुको संख्या अत्यधिक भएको कारणले उम्मेदवार टुङ्गो लगाउन नसकिएको नेकपा एमाले महोत्तरीका सचिव सिताराम झाले जानकारी दिए ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १० : ०२ बजे

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी