कैलालीमा गठबन्धन तोड्दै जसपाले लाेसपासहित अन्य दलसँग चुनावी तालमेल गर्ने « Khabarhub

कैलालीमा गठबन्धन तोड्दै जसपाले लाेसपासहित अन्य दलसँग चुनावी तालमेल गर्ने


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी – पाँच दलीय सत्ता गठबन्धनमा रहेको जनता समाजवादी पार्टीले कैलालीमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र अन्य केही साना दलसँग चुनावी तालमेल गर्ने भएको छ ।

जसपाले आफ्नै पार्टीबाट अलग्गिएको लोसपासँगै रेशम चौधरी र लक्ष्मण चौधरीले गठन गरेको नेपाल लोकतान्त्रिक पार्टी कैलाली र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग तालमेल गर्ने भएको हो ।

सत्ता गठबन्धनले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी नगराए पछि रुष्ट बनेको जसपाले केन्द्रीय गठबन्धनलाई बहिस्कार गरेर जिल्लामा अन्य साना दलसँग चुनावी तालमेल गर्ने गरी सहमति गरेको जसपाका केन्द्रीय सदस्य होरिलाल चौधरीले बताए ।

‘उम्मेदवार जिताउनका लागि मात्रै गठबन्धन गर्ने तर सत्तामा ठुला दलले रजाइँ गर्ने कुरा हामीलाई मान्य छैन,’ केन्द्रीय सदस्य चौधरीले भने, ‘त्यसैले हामी पाँच दलीय गठबन्धनबाट बाहिरिएका छौँ, अब अधिकारका लागि सङ्घर्षरत एजेण्डा मिल्ने दलसँग चुनावी तालमेल हुन्छ ।’ उनका अनुसार कैलालीमा जसपाको नेतृत्वमा चार दलीय गठबन्धन हुनेछ।

सो गठबन्धनले कैलालीको धनगढी उपमहानगरपालिकाबाहेक १२  स्थानीय तहमा उम्मेदवारी दिनेछ । तर, उपमहानगरपालिकाको हकमा भने केन्द्रले नै निर्णय गर्ने उनले बताए । उनले कैलालीमा चार दलीय गठबन्धनमा रहेकाबाहेक अन्य ठुला दलसँग पनि आवश्यकताअनुसार तालमेल हुन सक्ने उनले बताए ।

‘तालमेलका लागि एमालेलगायत ठुला दलसँग पनि आवश्यक छलफल भइरहेको छ,’ संयोजक चौधरीले भने, ‘तर कांग्रेस माओवादी र समाजवादी पार्टीसँग भने तालमेल हुने सम्भावना कम छ ।’

तालमेलपछि सबै पालिकामा सहमतिका आधारमा उम्मेदवारी दिइने र जुन पालिकामा जसले नेतृत्व पाउँछ उसैको चुनाव चिन्ह प्रयोग गरिने चार दलीय गठबन्धनबीच सहमति भएको छ । तर, वडाको हकमा भने जुन पार्टीले वडा अध्यक्ष पाउँछ त्यही पार्टीको चिन्हमा सदस्यले चुनाव लड्नु पर्ने सहमति भएको जसपाका कैलाली अध्यक्ष गयाप्रसाद कुस्मीले बताए । एक साताभित्रै उम्मेदवारी टुङ्गो लगाउने गरी गृहकार्य भइरहेको उनले बताए ।

-न्युज कारखानाबाट

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  १ : १२ बजे

काठमाडौं मनगरको नीति तथा कार्यक्रम सार्वजनिक (तस्बिरहरू)

काठमाडौं– काठमाडौं महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले आइतबार १९औँ नगरसभामा आर्थिक

अमेरिकासँग सम्भावित शान्ति सम्झौताको विरोधमा उत्रिए इरानी, इजरायलमा बढ्यो चिन्ता

तेहरान- अमेरिकासँग सम्भावित शान्ति सम्झौतालाई लिएर विरोध सुरू भएको छ।

२४ घण्टामा विपद्का २४ घटना : २ जनाको मृत्यु, १५ जना घाइते 

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर विभिन्न प्रकारका २४ वटा विपद्का

फ्रान्सविरुद्ध फाइनल खेलाएका पोलिस रेफ्री नै अर्जेन्टिनाको खेलमा दोहोरिँदै

काठमाडौं- साविक विश्वकप विजेता अर्जेन्टिनाले अल्जेरियाविरुद्ध खेल्ने समूह चरणको खेल

स्विट्जरल्यान्डमा जनसङ्ख्या बहस

जेनेभा– स्विट्जरल्यान्डमा आप्रवासन र जनसङ्ख्या वृद्धिलाई लिएर लामो समयदेखि चलिरहेको बहस