प्रो क्लब क्रिकेट च्याम्पियनसिपको उपाधि रूपन्देही ११ लाई « Khabarhub

प्रो क्लब क्रिकेट च्याम्पियनसिपको उपाधि रूपन्देही ११ लाई


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- रूपन्देही ११ ले नेपाल प्रो क्लब च्याम्पियनसिपको उपाधि जितेको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा शनिबार बिहान भएको फाइनल खेलमा रूपन्देहीले मलेसिया ११ लाई ७ विकेटले पराजित गरेको हो । रूपन्देहीको जितमा प्रज्ज्वल थापाले अर्धशतक प्रहार गरे ।

१ सय ४१ रनको लक्ष्य रूपन्देहीले १९ ओभरमा केबल ३ विकेट गुमाएर भेट्टायो । रूपन्देहीलाई जित दिलाउन प्रज्ज्वल थापा र सन्दीप रजालीले दोश्रो विकेटका लागि ११२ रनको साझेदारी गरे ।

१८ औँ ओभरको पहिलो बलमा मुहम्मद वफिकले आउट गर्नुअघि प्रज्ज्वल थापाले ६१ बलमा ८ चौका र २ छक्का प्रहार गर्दै सर्वाधिक ७१ रनको योगदान गरेका थिए ।

त्यस्तै रुपन्देहीका लागि सन्दीप रजालीले ४१ रन, देव खनाल १२ रन जोडे । टस हारेर ब्याटिङको निम्तो पाएको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४० रन बनाएको थियो ।

उसका लागि नजरिल रहमानले ३६ र जुबैदी जुल्किफले २६ रन जोडे । रूपन्देहीका लागि बसिर अहमदले २ तथा कृष्ण कार्की, रूपेश कुर्मी, बिक्रम भुसाल र विशाल बिक्रम केसीले १–१ विकेट लिए ।

तस्वीर- युट्युब/भीयू स्पोर्ट/स्क्रिनग्राब

प्रज्ज्वल थापा प्लेयर अफ द म्याच घोषित भए । प्लेयर अफ द टुर्नामेन्ट भने बसिर अहमदले जिते ।

तस्वीर- युट्युब/भीयू स्पोर्ट/स्क्रिनग्राब

विजयी टोली रूपन्देहीले २ लाख ५० हजार रुपैयाँ जित्यो । उपविजेता मलेसियाले १ लाख रुपैयाँमा चित्त बुझायो । यो नेपालमा भएको क्लब क्रिकेट प्रतियोगिताको सर्वाधिक पुरस्कारराशी हो ।

 

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ३ : २४ बजे

कांग्रेसको संसद् समन्वय बोर्डको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसद् समन्वय

होल्डिङ सेन्टरका ५२ बालबालिका आजदेखि विद्यालय जाँदै, ३० जना छात्रबासमा बस्न इच्छुक

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले विभिन्न स्थानका अव्यवस्थित बसोबासबाट स्थानान्तरण गरी

आजको मौसमः कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ – पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने

रोशी खोलमा फसेका पाँच वटा माइक्रो र ८९ यात्रुको मध्यरातमा सकुशल उद्धार

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा यात्रुसहित फसेका

लखनउमाथि मुम्बईको रोमाञ्चक जित : २२९ रनको लक्ष्य १८.४ ओभरमै पूरा

काठमाडौँ – मुम्बई इन्डियन्सले इन्डियन प्रिमियर लिग (आइपिएल) को ४७औँ