आईपीएल : मुम्बई फेरि पराजित, लखनउको जित « Khabarhub

आईपीएल : मुम्बई फेरि पराजित, लखनउको जित


३ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मुम्बई इन्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ मा लगातार छैटौँ पटक पराजित भएको छ ।

शुक्रबार मुम्बईस्थित ब्रेबोर्न रंगशालामा भएको खेलमा नव प्रवेशी लखनउसँग पराजित हुँदा पाँचौँ पटकको आईपीएल च्याम्पियन मुम्बई इतिहासकै खराब स्थितिमा रहेको छ ।

२०२ रनको विशाल विजयी लक्ष्य पाएको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र १८१ रन  बनाउन सक्यो ।

मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ३७ रन बनाए । लखनउका आवेश खानले ३ विकेट लिए ।

यसअघि,  टस हारेर ब्याटिङ गरेको लखनउले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९९ रन बनायो ।

लखनउका कप्तान लोकेश राहुलले विस्फोटक ब्याटिङ गर्दै ६० बलमा  १०३ रन बनाए ।  यस्तै  मनिष पाण्डेले ३८ रन बनाए ।

राहुलले ६० बलमा ९ चौका र ५ छक्का प्रहार गर्दै १ सय ३ रन जोडेका थिए । यो राहुलको सयौँ आईपीएल खेल पनि हो । टस जितेर बलिङ रोजेको मुम्बईका लागि भने जयदेव उनादकटले २ तथा मुरुगन अश्विनले १ विकेट लिएका थिए ।

प्रकाशित मिति : ३ बैशाख २०७९, शनिबार  ८ : ५२ बजे

फुटेको ऐनामा शेरबहादुरको अनुहार !

२०१५ सालको चुनावमा दुई तिहाइको म्यान्डेट पाएपछि कांग्रेसका सांसदहरू हौसिएर

गगनको आग्रह : विधानमा चलेका छौँ, कारबाहीको निर्णयले विचलित नबनौँ

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशनले पदाधिकारीलाई कारबाही गर्ने पार्टी केन्द्रीय

कांग्रेसका दुवै पक्ष पुगे निर्वाचन आयोगमा

काठमाडौं- फेरि एक पटक फुटको शिकार हुँदै गरेको नेपाली कांग्रेसका

ग्रिनल्यान्ड भू–राजनीतिक बहसको केन्द्रमा

एजेन्सी – ग्रिनल्यान्ड अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टापु नियन्त्रण गर्ने

बजारमा बढ्यो तरुल, सखरखण्ड, पिँडालुको बिक्री (तस्बिरहरू)

काठमाडौं– माघे संक्रान्ति पर्वको आगमनसँगै राजधानीको कालीमाटी फलफूल तथा तरकारी