गौतमबुद्ध विमानस्थल : आजदेखि व्यावसायिक विमान सञ्चालनमा « Khabarhub

गौतमबुद्ध विमानस्थल : आजदेखि व्यावसायिक विमान सञ्चालनमा

प्रधानमन्त्री देउवाले आज उद्घाटन गर्दै


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा – रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि व्यावसायिक अन्तर्राष्ट्रिय विमान सञ्चालनमा आएका छन् । यही क्रममा आज बिहान कुवेतबाट आएको जजिरा एयरबेजको जहाज बिहान ७ बजेर ८ मिनेटमा विमानस्थलमा अवतरण गरेको छ ।

नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज पनि बिहान ६ बजेर ५५ मिनेटमा अवतरण गर्‍यो । निगमले व्यावसायिक उडान गर्दा जजिराको जहाज दोहाबाट कुवेत ट्रान्जिट गरी नेपाल आएको पुगेको हो ।

विमानस्थल उद्घाटनका लागि प्रधानमन्त्री शेरबहादुर देउवा मन्त्रीसहित भैरहवा पुगेका छन् । प्रधानमन्त्री देउवासँगै गृहमन्त्री बालकृष्ण खाँण, पराराष्ट्रमन्त्री नारायण खड्का, भौतिक पूर्वाधारमन्त्री रेनुकुमारी यादव, पर्यटनमन्त्री प्रेमबहादुर आले, शिक्षामन्त्री देवेन्द्र पौडेल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी र मुख्यसचिव शंकर बैरागी आइतबार नै भैरहवा पुगेका थिए ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान भने यही जेठ २९ गते मात्र हुने नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ७ : ५४ बजे

युएईमाथि ४४ रनको शानदार जित, नेपाल एसिया कपमा छनोट

काठमाडौं– तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली

इराकी लडाकुको ड्रोन हमलापछि पूर्व-पश्चिम पाइपलाइन बन्द गरिएको साउदी अरबको घोषणा

काठमाडौं- मध्यपूर्वमा जारी युद्ध थप भड्कँदै जाँदा साउदी अरबले आफ्नो

बुल्दी खोलामा एक करोडमा तटबन्धन निर्माण

दमौली– व्यास नगरपालिका-२ अन्तर्गत बुल्दी खोला आसपासका बस्तीलाई वर्षायाममा हुने

इराक र साउदी अरबका विदेशमन्त्रीबीच टेलिफोन वार्ता, ड्रोन आक्रमणबारे छलफल

एजेन्सी– इराकका विदेशमन्त्री फुआद हुसेन र साउदी अरबका विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान अल साउदबीच

सिक्टा सिँचाइ : पाँच वर्षभित्र निर्माण सम्पन्न गर्ने तयारी

राँझा–  बाँकेमा निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजना आगामी पाँच