निर्वाचन आयोगको निर्देशनमा मन्त्री झाँक्रीको गृह पालिकामा मतगणना स्थगित | Khabarhub Khabarhub

निर्वाचन आयोगको निर्देशनमा मन्त्री झाँक्रीको गृह पालिकामा मतगणना स्थगित



काठमाडौँ – सहरी विकास मन्त्री रामकुमारी झाँक्रीको गृहपालिका गुल्मीको मदाने गाउँपालिकामा मतगणना स्थगित भएको छ।

मतपत्र बदरको विषयमा विवाद हुँदा मतगणना स्थगित भएको हो । सबै वडाको मतगणना सकिन लाग्दा अध्यक्ष र उपाध्यक्ष झिनो मतान्तरले मात्र विजयी हुने भएपछि विवाद भएको हो । गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका महेन्द्र कुँवरभन्दा एमालेका प्रेम केसी ९२ मतले पछाडि छन्।

मतदान गर्दा मतपत्रमा मसी बढी भएको मतपत्रलाई पनि मान्यता दिने सहमति भए पनि अन्तिम समयमा केही मतले मात्र हार हुने भएपछि नेकपा एमालेले पुन: गणनाको माग गरेको हो।

‘मतगणना अन्तिम समयमा आएर निर्वाचन आयोगबाट फोन आएपछि हामीले रोकेका हौँ।’ मतगणनामा संलग्न एक कर्मचारीले भने, के गर्ने भनेर फेरि पनि आयोगकै फोन कुरेका छौँ।’

नेकपा एमालेका नेता गोकर्ण बिस्टको पहलमा निर्वाचन आयोगले फोन नै गरेर मतगणना रोक्न भनेपछि आयोगले चासो राखेको हो । मन्त्री झाँक्री भने एकीकृत समाजवादी पार्टीमा छिन् ।

वडा नम्बर २ र ५ वडामा एमालेले जितेको छ भने बाँकीमा गठबन्धनले जितेको छ । वडा नम्बर ७ को भने अन्तिम परिणाम आउन बाँकी छ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १ : २४ बजे

सडकसँग जोडिँदै हुम्लाको दुर्गम गाउँ

हुम्ला – हुम्लाकोे दक्षिण क्षेत्रमा पर्ने अदानचुली गाउँपालिकाको दुर्गम गाउँबस्ती

पर्सामा चार ठाउँबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिने

पर्सा – जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले राष्ट्रिय परिचयपत्र बनाउने

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

रूपन्देही – भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलामा

कांग्रेस सह-महामन्त्रीको समाचारमा धनुषाका एसपी तिवारीको चासो

काठमाडौं – गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा लुटपाटमा

अन्तरजातीय विवाह गर्ने पाँच दम्पती सम्मानित

खोटाङ – खोटाङको खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने दुई वडाका