घिरिङ गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमालेको जित « Khabarhub

घिरिङ गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमालेको जित


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– तनहुँको घिरिङ गाउँपालिकामा सत्ता गठबन्धनलाई पराजित गर्दै एमालेका होमबहादुर थापा अध्यक्षमा निर्वाचित भएका छन् ।

उनले चार हजार ३३१ मत पाए । सत्ता गठबन्धनको तर्फबाट अध्यक्षका उम्मेद्वार बनेका कांग्रेसका गंगाराम कुमाल ७७७ मतान्तरले पराजित भए । कुमालले तीन हजार ५५४ मत पाए । 

उपाध्यक्षमा पनि एमालेकी राधादेवी अधिकारी फराकिलो मतान्तर विजयी भएकी छन् । उनले एकीकृत समाजवादीका पूर्णबहादुर थापालाई एक हजार ७३४ मतले पराजित गरिन् । अधिकारीले चार हजार ४८१  र थापाले दुई हजार ७४७ मत पाएका छन्। 

घिरिङमा शुक्रबार भएको मतदानमा ५९.४० प्रतिशत मत खसेको थियो । १४ हजार ६७६ मतदाता रहेको घिरिङ गाउँपालिकामा आठ हजार ७१७ मतदाता मतदानमा सहभागी भएका थिए। यहाँ एमाले भर्सेस कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धन थियो ।

वडातर्फ १ र ५ मा कांग्रेस विजयी भएको छ । बाँकी तीन वडामा एमालेका उम्मेद्वार विजयी भए । घिरिङ गाउँपालिका–१ मा  कांग्रेसको प्यानल विजयी भएको छ । वडाध्यक्षमा रविचन्द्र घोरासिनी एक हजार १२८ मत प्राप्त गरी विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी एमालेका विष्णुप्रसाद ढकालले ९१२ मत प्राप्त गरे ।

घिरिङ-२ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा एमालेका नरबहादुर थापा एक हजार १७ मत प्राप्त गरी निर्वाचित हुँदा प्रतिस्पर्धी कांग्रेसका विष्णुवीर थापाले ५७ मत प्राप्त गरे ।

वडा नम्बर ३ मा एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा तहलसिं थापाले ८४१ मत प्राप्त गर्दा प्रतिस्पर्धी माओवादी केन्द्रका चुननारायण श्रेष्ठले ४५५ मत पाए । वडा नम्बर ४ मा पनि एमालेको प्यानल विजयी भएको छ । वडाध्यक्षमा भीमबहादुर कुमालले ८६६ मत प्राप्त गरी विजयी हुँदा निकटम् प्रतिष्पर्धी कांग्रेसका वीरबहादुर थापाले ६३६ मत प्राप्त गरे । वडा नम्बर ५ मा कांग्रेसको प्यानल विजयी भएको छ ।

वडाध्यक्षमा कांग्रेसका विष्णुवीर आले ८९० मत ल्याएर विजयी हुँदा एमालेका जसमान थापाले ७८७ मत पाए । अघिल्लो निर्वाचनमा पनि कांग्रेसले यिनै दुई वडा जितेको थियो । 

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ५ : ५४ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार