ताप्लेजुङको मौवाखोलामा माओवादी केन्द्र विजयी | Khabarhub Khabarhub

ताप्लेजुङको मौवाखोलामा माओवादी केन्द्र विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ– नेकपा एमालेका सचिव तथा पूर्वमन्त्री योगेश भट्टराईको गृहपालिका ताप्लेजुङको मैवाखोला गाउँपालिकामा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् । एमालेका उम्मेदवार  राजनकुमार थक्लुङलाई ५५७ मतान्तरले पछि पार्दै माओवादी केन्द्रका विजयप्रकाश वनेमले विजय प्राप्त गरेका हुन् । 

आज सम्पन्न भएको मतगणनामा वनेमले दुई हजार ६०९ मत प्राप्त गरेर विजय भएका निर्वाचन अधिकृतको कार्यालय मैवाखोलाले जनाएको छ । दुई हजार ५२ मत ल्याएर एमालेको उम्मेदवार थक्लुङ पराजित भए । त्यस्तै दुई हजार ५१० मत प्राप्त गरेर नेपाली कांग्रेसबाट उपाध्यक्ष पदमा कमलकुमारी वनेम उपाध्यक्ष निर्वाचित भएका निर्वाचन आयोगले जनाएको छ  ।

मैवाखोलामा एमालेले २०४८ सालदेखि निरन्तर जित्दै आएको थियो । अघिल्लो स्थानीय तह निर्वाचनमा दलित महिला सदस्यबाहेक सबै एमालेले जितेको थियो । मैवाखोला क्षेत्र जननेता मदन भण्डारीको जन्मथलो पनि हो ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ६ : ०६ बजे

आइतबार सूर्य देवको पूजा गर्नुहोस् (विधिसहित)

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

आज २०८१ साल वैशाख २३ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २३ गते आइतबार तदनुसार

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको