ओलीको निर्वाचन क्षेत्रमै एमाले कमजोर देखियो, चार पालिका मध्ये एकमा मात्रै एमाले अगाडी « Khabarhub

ओलीको निर्वाचन क्षेत्रमै एमाले कमजोर देखियो, चार पालिका मध्ये एकमा मात्रै एमाले अगाडी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र मै नेकपा एमाले कमजोर देखिएको छ ।

ओलीको निर्वाचन क्षेत्र झापा ५ का ४ पालिका मध्ये एकमा मात्रै नेकपा एमालेले अग्रता बनाएको छ । गौरादह नगर प्रमुखमा एमालेका छत्रपति सुवेदीले अग्रता लिएका छन् । काँग्रेसका रोहित साहले उनलाई पछ्याउँदै छन् । २०७४ को स्थानीय तह निर्वाचनमा यहाँ एमालेले कमल गाउँपालिका र दमक नगरपालिकामा जितेको थियो । यस पटक भने एमाले एउटा स्थानीय तहमा मात्र अग्रस्थानमा छ । अन्य स्थानीय तहमा भने दोस्रो स्थानमा छ ।

झापाको निर्वाचन क्षेत्र नम्बर ५ का पालिका प्रमुखहरूमा एमाले  विगतको तुलनामा कमजोर देखिएको छ । दमक नगर प्रमुखमा संयुक्त गठबन्धनका तर्फका उम्मेदवार राप्रपाका रामकुमार थापा अगाडि छन् । यहाँ एमालेकी गीता अधिकारी दोस्रो स्थानमा छिन् । कमल गाउँपालिकामा संयुक्त गठबन्धनका तर्फबाट काँग्रेसका हुकुमसिंह राई मतगणनाको सुरुवातदेखि नै अग्रस्थानमा छन् ।

गौरीगञ्जमा गठबन्धनविनै चुनावी प्रतिस्पर्धा भइरहेको छ । यहाँ अध्यक्षमा काँग्रेसकी फूलवती राजवंशीले अग्रता लिइरहेकी छन् । अघिल्लो पटक गौरादह नगर प्रमुख जितेको काँग्रेसले पछिल्लो मत गणनामा अहिलेसम्म दोस्रो स्थानमा छ ।

दमकमा गणना भइसकेका वडा नम्बर १ , २ र १० मध्ये दुई वडामा एमालेले जित निकालेको छ भने एउटामा संयुक्त गठबन्धनका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ मा एमालेका हरि न्यौपाने, २ मा प्रजापति सापकोटा वडाध्यक्षमा विजयी भएका छन् भने १० मा काँग्रेसका राजेन्द्र भण्डारी विजयी भएका हुन् ।

त्यस्तै गौरादहको वडा नम्बर १ मा एमालेका नगेन्द्र भण्डारी र २ मा गठबन्धनका तर्फबाट काँग्रेसका गोपाल कोइराला वडाध्यक्षमा विजयी भएका छन् । कमलका ३ वडामा गणना सकिँदा एउटा वडामा एमाले र दुई वडामा गठबन्धनले जित हासिल गरेको छ । वडा नम्बर १ मा गठबन्धनका केदार कटुवाल , २ मा एकीकृत समाजवादीका अशोक लिम्बु र ३ मा एमालेका अग्नि कोइरालाले वडाध्यक्ष पद जितेका छन् ।

 

 

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ६ : ४९ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार