रुसद्वारा फ्रान्सेली कार कम्पनी रेनोलाई राष्ट्रियकरण गरेको घोषणा « Khabarhub

रुसद्वारा फ्रान्सेली कार कम्पनी रेनोलाई राष्ट्रियकरण गरेको घोषणा


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रुसले फ्रान्सेली कार कम्पनी रेनोको रुसमा रहेका सम्पत्ति राष्ट्रियकरण गरेको छ । रुसले राजधानी मस्कोमा रहेको कारखाना र रुसमा रहेका सम्पत्तिलाई राष्ट्रियकरण गरेको हो ।

गत फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेयता रुसले राष्ट्रियकरण गरेको रेनो पहिलो मुख्य विदेशी कम्पनी हो । रुसमा रहेका रेनो कम्पनीका सबै सम्पत्तिहरू आइन्दा राज्यको सम्पत्ति भएको जनाएको हो ।

‘रेनो समूहका रुसी सम्पत्ति रुसी संघ तथा मस्को सरकारलाई हस्तान्तरण गर्ने सम्झौतामा हस्ताक्षर गरिएको छ ।’ रुसको उद्योग तथा व्यापार मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

यसअघि रेनोले रुसी कार निर्माता कम्पनी अभ्तोवाजमा रहेको आफ्नो झण्डै ६८ प्रतिशत लगानी रुसी विज्ञान प्रतिष्ठानलाई तथा रेनो रुसको शेयर मस्को शहरलाई बेच्ने जनाएको थियो ।

यसबारे विस्तृत विवरण सार्वजनिक भइसकेको छैन । यद्यपि गत अप्रिल महिनामा रेनो कम्पनी रुस सरकारलाई आफ्ना रुसी सम्पत्ति केबल एक रुबलमा बेच्ने योजनामा लागेको समाचार सार्वजनिक भएका थिए ।

सोमबार विज्ञप्ति जारी गर्दै रेनो समूहले कम्पनीको बोर्डले रुसमा रहेका सम्पत्ति मस्को शहरलाई बेच्ने र अभ्तोवाजमा रहेको कारखानाको ६७ दशमलब ६९ प्रतिशत शेयर रुसको सवारी साधन एवम् इन्जिनको अध्ययन तथा विकासबारे केन्द्रिय प्रतिष्ठानलाई बिक्री गर्ने जनाएको छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ६ : ४० बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार