यसपटकको चुनावमा कांग्रेस पहिलो दल बन्ने निश्चित « Khabarhub

यसपटकको चुनावमा कांग्रेस पहिलो दल बन्ने निश्चित

८४ पालिकामा विजयी, २२८ पालिकामा अग्रता


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : यसपटकको स्थानीय तहको चुनावमा नेपाली कांग्रेस पहिलो दल बन्ने निश्चित भएको छ । माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेको कांग्रेसले पछिल्लो परिणाम हेर्दा धेरै ठाउँमा जित हासिल गरेको छ । यस्तै उसले अहिलेसम्म अग्रता पनि अरु दलभन्दा दोब्बर बनाएको छ ।

पछिल्लो चुनावी मतपरिणाम हेर्दा कांग्रेसले ८४ पालिकामा जित हासिल गरेको छ । यो नतिजा अहिलेसम्मको सर्वाधिक हो । दोस्रो स्थानमा रहेको एमालेले ५५ पालिकामा विजय हात पारेको छ । यस्तै तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले भने ३९ ठाउँमा मात्रै जित दर्ता गरेको छ । गठबन्धन गर्दाको सिधा फाइदा कांग्रेसलाई भएको छ । त्यसको केही फाइदा माओवादीलाई पनि भएको देखिन्छ । गठबन्धनमा नेकपा एकिकृत समाजवादी भने जम्मा तीन वटा पालिकामा मात्रै जित हात पार्न सफल भएको छ ।

यस्तै अग्रताका हिसाबले पनि नेपाली कांग्रेस अगाडि छ । कांग्रेसले अहिलेसम्म २२८ पालिकामा अग्रता लिएको छ भने एमालेले १३९ पालिकामा अग्रता बनाएको छ । यस्तै माओवादी केन्द्रले ८४ पालिकामा मात्रै अग्रता बनाएको छ ।

यसपटक एमाले विभाजन हुँदा त्यसको सोझो असर चुनावमा परेको देखिन्छ । गठबन्धन गर्दा कांग्रेससँगै माओवादीलाई पनि केही पालिकामा जित हात पार्न सहज भएको छ । तर केही ठाउँमा स्वतन्त्र उम्मेद्वारका कारण गठबन्धन र एमाले उम्मेद्वारलाई जित हात पार्नै सकस भइरहेको पनि चुनावी दृश्यले देखाएका छन् ।

यसअघि गएको स्थानीय तहको चुनावमा कांग्रेसले राम्रै जित हात पार्दा प्रतिनिधि सभा र राष्ट्रिय सभा चुनावमा एमाले माओवादीका कारण कांग्रेस धेरै ठाउँमा पराजित भएको थियो । यसपटक गठबन्धन जोगाउन सकेमा आम चुनावमा कांग्रेस माओवादीले अझै धेरै सिट जित्ने सम्भावना छ ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ९ : २७ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार