बैतडीको दशरथचन्दमा मेयरमा एमाले, उपमेयरमा कांग्रेस विजयी « Khabarhub

बैतडीको दशरथचन्दमा मेयरमा एमाले, उपमेयरमा कांग्रेस विजयी


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको दशरथचन्द नगरपालिकामा नेकपा एमालेका पुस्करराज जोशी लख्खाभाई विजयी भएका छन् । अन्तिम मतपरिणाम आउनु अगावै लख्खाभाई भारी मतान्तरले विजयी भएका हुन् । वडा न. ५ को केहि मत गणना बाँकी रहँदै लख्खाभाईले ५ गुणा बढीको मतान्तर बनाएका छन् । लख्खाभाईले ६०९९ मत आउदाँ कांग्रेसका गजेन्द्रसिंह रावलको ४५७५ मत आएको छ ।

लख्खाभाई २०७४ को निर्वाचनमा राप्रपाबाट मेयर पदमा ६८ मतले पराजित भएका थिए । अहिले एमालेमा रहेका उनि मेयर पदमा निर्वाचित भएका हुन् । यसैगरी नगरपालिकाको उपमेयरमा नेपाली कांग्रेसकी कौशिला चन्द विजयी भएकी छन् ।

उनले नेकपा एमालेकी उम्मेदवार सरस्वती नेपालीलाई पराजित गरेकी हुन् । नेपालीले ५१०० सम ल्याउदा चन्द ५६५३ मत ल्याइ विजयी भएकी हुन् । उपमेयरकी प्रतिस्प्रधी नेपाली भने, २०७४को चुनावमा समेत पराजित भएकी थिइन् ।

एमालेले दशरथचन्द नगरपालिकाका ७ वडामा विजय हासिल गरेको छ । वडा न.१मा बिष्णु भट्ट, वडा न।२मा सुर्य बोहरा, वडा न.३मा अजव पाण्डेय, वडा न.४ मा भानदेव भट्ट, वडा न. ७ मा हरीदत्त बडु, वडा न.९ मा मोहन देव जोशी, वडा न.११ मा जयदत्त पन्तले एमालेबाट विजय हासिल गरेका छन् भने, वडा न.५ मा महेन्द्र कार्की, वडा न.८ मा चामुसिंह थापा र वडा न.१०मा त्रिलोकसिंह बिष्ट विजयी भएका छन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १० : ०३ बजे

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी

यसरी भइरहेको छ जलविद्युत्को सुरुङमा फसेकाहरुको उद्धार

काठमाडाैं – गत बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण

बाढीपछि चीनतर्फ हराइरहेका ९८ नेपालीको नाम सार्वजनिक (सूचीसहित)

काठमाडौं- गत बुधबार भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीको प्रभाव नेपालमा

प्रधानमन्त्री बालेनले भने : प्रत्येक नागरिकको जीवनरक्षामा सरकार प्रतिबद्ध छ

काठमाडाैं – भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीको पाँचौँ

‘शव व्यवस्थापन अस्थायी भण्डारण मात्रै हो अन्तिम संस्कार होइन’

चितवन – भोटेकोशी बाढीमा परी मृत्यु भई त्रिशूली र नारायणी