एमालेले धाँधलीको आरोप लगाएपछि रोकियो भरतपुरको मतगणना « Khabarhub

एमालेले धाँधलीको आरोप लगाएपछि रोकियो भरतपुरको मतगणना


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन : मतपत्रका विषयमा विवाद बढेपछि भरतपुर महानगरपालिकाको मतगणना रोकिएको छ । नेकपा एमालेका प्रतिनिधिले कर्मचारीको मतगणना प्रक्रियाप्रति असन्तुष्टि जनाएपछि मतगणना नै रोकिएको हो ।

एमालेका प्रतिनिधिले मतगणनामा धाँधली गर्न खोजेको आरोप लगाएका छन् । उम्मेदवारको चिह्नमा लगाइएको स्वस्तिक छापमा कर्मचारीले गडबड गर्न खोजेको आरोप एमालेको छ । तर कांग्रेसका प्रतिनिधिले पनि होहल्ला गर्न थालेपछि मतगणना नै रोकिएको हो ।

विवादपछि रोकिएको मतगणना फेरि निरन्तरता दिने विषयमा अहिले छलफल भइरहेको छ । पछिल्लो मतपरिणामअनुसार भरतपुरमा गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेद्वार रेनु दाहालले अग्रता लिएकी छिन् ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  १० : ५३ बजे

अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि

काठमाडौं – पहिलो संस्करणको नेपाल भलिबल लिग (एनभिएल)को उपाधि अन्नपूर्ण

रणनीतिक र दीर्घकालीन दृष्टिकोणबाट द्विपक्षीय सम्बन्ध अघि बढाउन मोदी-सी सहमत

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीमा १८ औँ ब्रिक्स शिखर सम्मेलन

भोटेकोशी बाढी : जलविद्युत् आयोजनामा फसेकाको उद्धार जारी

काठमाडौं– नेपाली सेनाले भोटेकोशी बाढीबाट विभिन्न जलविद्युत् आयोजनाको सुरुङ तथा

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका