पोखरा महानगरमा नेकपा (एस) का धनराज आचार्यको अग्रता कायमै « Khabarhub

पोखरा महानगरमा नेकपा (एस) का धनराज आचार्यको अग्रता कायमै


२ जेठ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पोखरा महानगरपालिकामा नेकपा एकिकृत समाजवादीका उम्मेद्वार धनराज आचार्यले अग्रता फराकिलो बनाउन थालेका छन् । पछिल्लो मतपरिणामअनुसार उनले झण्डै ७ सय भन्दा धेरै मतको अग्रता बढाएका हुन् । उनलाई कांग्रेस, माओवादी र जनमोर्चाको पनि साथ सहयोग छ ।

उनले ताजा अवस्थामा ५७४८ मत ल्याउँदा दोस्रो स्थानमा रहेका एमालेका कृष्णबहादुर थापाले ५०७८ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेका राप्रपाका शंकर खरालले ६७७ मत ल्याएका छन् । यस्तै स्वतन्त्र उम्मेद्वारी दिएर चर्चामा आएका लेखक तथा अभियान्ता खड्गराज गनेस पौडेलले मेयरमा ३३९ मत ल्याएका छन् ।

पोखरामा पछिल्लोपटक एमालेका मेयरका उम्मेद्वारलाई हराउन नेता कार्यकर्ता नै सक्रिय रहेको अडियो प्रकरण पनि बाहिरिएको थियो ।

प्रकाशित मिति : २ जेठ २०७९, सोमबार  ११ : १३ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी