यी हुन् विश्वकप २०२२ खेल्ने ३२ राष्ट्र, फिफा अध्यक्षले दिए बधाई   « Khabarhub

यी हुन् विश्वकप २०२२ खेल्ने ३२ राष्ट्र, फिफा अध्यक्षले दिए बधाई  



दोहा – फिफा विश्वकप कतार २०२२ का लागि ३२ राष्ट्र छनोट भइसकेका छन् ।

मंगलबार अल रेयान स्टेडियममा कोस्टारिकाले न्युजिल्याण्डलाई हराएपछि ३२ राष्ट्रको टुंगो लागेको हो।

फिफा अध्यक्ष जियानी इन्फान्टिनोले छनौट भएका सबै ३२ राष्ट्रलाई बधाई दिएका छन्।

२१ नोभेम्बरमा चार खेलसहित विश्वकप सुरु हुनेछ। सेनेगल र नेदरल्याण्ड्सले उद्घाटन खेल खेल्ने अवसर पाएका छन् ।

इंग्ल्याण्डले आईआर इरानसँग, आयोजक कतारले इक्वेडरसँग खेल्नेछ। पहिलो दिनको अन्तिम खेलमा वेल्ससँग अमेरिकाको खेल हुनेछ।

६४औँ र अन्तिम खेल १८ डिसेम्बरमा लुसेल स्टेडियममा हुनेछ।

यी हुन् विश्वकप खेल्ने ३२ राष्ट्र

युरोप ( १३ राष्ट्र)
फ्रान्स ,जर्मनी, डेनमार्क, बेल्जियम, क्रोएसिया, स्पेन, सर्बिया, इंग्ल्यान्ड, स्विट्जरल्यान्ड, नेदरल्यान्ड, पोर्चुगल, पोल्यान्ड र वेल्स

एसिया (६ राष्ट्र)
कतार, इरान, दक्षिण कोरिया, साउदी अरेबिया, जापान र अस्ट्रेलिया

दक्षिण अमेरिका (४ राष्ट्र)
ब्राजिल, अर्जेन्टिना, उरुग्वे र इक्वेडर

अफ्रिका (५ राष्ट्र)
घाना, सेनेगल, ट्युनिसया, मोरोक्को र क्यामरुन

उत्तर तथा मध्य अमेरिका (४ राष्ट्र)
क्यानडा, अमेरिका, मेक्सिको र कोस्टारिका

कुन समूहमा कुन राष्ट्र ?

समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर

समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स

समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया

समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया,अस्ट्रेलिया

समूह ई – स्पेन, जर्मनी, जापान, कोस्टारिका

समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा

समूह जी – ब्राजिल, स्विजरल्याण्ड, सर्बिया, क्यामरुन,

समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ८ : ४२ बजे

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

काठमाडौं – बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी