गण्डकीमा उत्पादन वृद्धि, पर्यटन, शिक्षा र पूर्वाधारलाई प्राथमिकता « Khabarhub

गण्डकीमा उत्पादन वृद्धि, पर्यटन, शिक्षा र पूर्वाधारलाई प्राथमिकता


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा – गण्डकी प्रदेश सरकारले उत्पादन र उत्पादकत्वको अभिवृद्धि, पर्यटन प्रवद्र्धन र स्वास्थ्य, शिक्षा, खानेपानी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।

अर्थमन्त्री रामजीप्रसाद बरालकले बुधबार प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९-८० का लागि रु ३५ अर्ब ९० करोड ९० लाखको बजेट प्रस्तुत गर्दै उत्पादन वृद्धिका लागि कृषि क्षेत्रको विकास र पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताए । उनले तुलनात्मक लाभका क्षेत्रमा लगानी बढाउदै कृषिको व्यवसायीकरण, बजारीकरण र विविधिकरणमार्फत उत्पादन एवं उत्पादकत्व अभिवृद्धि गरी प्रदेश समृद्धिका आधार तयार गर्नुरहेको बताए ।

सरकारले आर्थिक, सामाजिक र भौतिक पूर्वाधारको दिगो विकासका लागि उपलब्ध साधन स्रोतको अधिकतम परिचालन गर्दै नागरिकको जीवनस्तरमा सुधारलाई प्राथमिकतामा राखेको छ । कृषि तथा पशुपन्छीउपजको व्यवसायिक उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न साना व्यावसायिक फर्म स्थापना तथा विस्तार कार्यक्रमका लागि रु १५ करोड ८८ लाख विनियोजन गरिएको छ ।

यसैगरी साना सिँचाइका नयाँ पूर्वाधारको निर्माण तथा पुराना आयोजनाको मर्मतसम्भार र स्तरोन्नतिका लागि रु पाँच करोड विनियोजन गरिएको छ । यसबाट १२५ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध हुने बताइएको छ । कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारलाई प्रभावकारी बनाउन आवश्यक स्रोत र साधन सुनिश्चित गरेको मन्त्री बरालले बताए । शिशु, बालबालिका, किशोरी, अपाङ्गता भएका व्यक्ति र गर्भवतीको पोषण स्थितिमा सुधार ल्याउन बहुक्षेत्रीय पोषण सुधार कार्यक्रमलाई निरन्तरता दिँदै रु १३ करोड विनियोजन गरिएको छ ।

प्रदेश सरकार मातहतका अस्पतालमा आलसम्म पनि सिटीस्क्यान सेवा उपलब्ध हुन नसकेको अवस्थामा पहिलोपटक धौलागिरि अस्पताल, बागलुङमा सिटीस्क्यान सेवा प्रारम्भ गर्न उपकरण र जनशक्ति व्यवस्थापनका लागि रु १० करोड विनियोजन गरिएको छ । गण्डकी प्रदेशलाई नेपालको प्रमुख पर्यटकीय गन्तव्य र पोखरालाई पर्यटकीय राजधानीको रुपमा विकास गर्न आवश्यक पर्यटकीय पूर्वाधार तथा सेवाको गुणात्मक वृद्धिका लागि आवश्यक बजेट व्यवस्था मिलाइएको छ ।

सरकारले प्रदेश गौरवका सडक, एक निर्वाचन क्षेत्र एक सडक, रणनीतिक महत्वका सडक, स्थानीय तहको प्रशासनिक केन्द्र जोड्ने सडक, विभिन्न प्रादेशिक सडक, पुल र झोलुङ्गे पुल निर्माणका कार्यलाई प्राथमिकता दिएको छ । सडक र पुलका पूर्वाधार निर्माणका लागि रु १० अर्ब विनियोजन गरिएको छ ।

प्रदेशका सबै घरमा खानेपानी सेवा पुर्‍याउन एक घर एक धारा कार्यक्रमलाई निरन्तरता दिँदै नयाँ निर्माण हुने खानेपानी आयोजनाका लागि रु दुई अर्ब १५ करोड विनियोजन गरिएको मन्त्री बरालले जानकारी दिए । प्रदेशभित्र सम्भावित प्राकृतिक खानी तथा खनिजजन्य पदार्थको पहिचान गरी खानीजन्य उद्योगको सम्भाव्यता अध्ययन गर्ने व्यवस्था मिलाएको छ । सरकारसँगको साझेदारीमा धौवादी फलाम खानी सञ्चालनका लागि रु १५ करोड विनियोजन गरिएको छ ।

प्रदेशमा सञ्चालित सिँचाइ आयोजनाको निरन्तरता एवं नयाँ निर्माण हुने आयोजनाका लागि रु एक अर्ब ४५ करोड विनियोजन गरिएको छ । प्रदेशभित्र वायु ऊर्जा उत्पादनका लागि सम्भाव्यता अध्ययन गरिने र जलविद्युत्मा वित्तीय लगानी गर्न रु ३५ करोड छुट्याइएको छ । प्रदेश गौरवको आयोजनाका रुपमा रहेको सूचना प्रविधि उद्यान स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गरी भौतिक पूर्वाधार निर्माणको कार्यलाई निरन्तरता दिन रु तीन करोड ७० लाख विनियोजन गरिएको छ ।

प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी अस्पताल, इलाका प्रहरी कार्यालय र प्रहरीचौकीका पूर्वाधार निर्माणका लागि रु सात करोड ५० लाख विनियोजन गरिएको छ । गण्डकी विश्वविद्यालयको उद्देश्यअनुरुपका शैक्षिक एवं भौतिक पूर्वाधार विकासलगायतका लागि रु २४ करोड विनियोजन गरिएको मन्त्री बरालले जानकारी दिए । स्थानीय तहको साझेदारीमा सडक पूर्वाधार विकासलगायत अन्य विकास निर्माण रु ५० करोड विनियोजन गरिएको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  ११ : ३० बजे

भोटखोलास्थित सीमा स्तम्भ निरीक्षण

किमाथांका – सङ्खुवासभाको जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिका–१, किमाथांका नाकास्थित

सुदूरपश्चिम प्रदेशसभा : दलित सशक्तीकरण विधेयकमाथि छलफल

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशसभाको आजको बैठकमा ‘दलित सशक्तीकरण ऐन २०७८ लाई

गगन–विश्वले पुस २७ र २८ मा विशेष महाधिवेशन गर्दै

काठमाडौं– नेपाली कांग्रेशका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यही

सेतो मच्छिन्द्रनाथको मूर्तिमा रंगरोगन गरिँदै (तस्बिरहरू)

काठमाडौं– आइतबार सम्पन्न पवित्र स्नानपछि सेतो मच्छिन्द्रनाथ (अवलोकितेश्वर/करुणामय) को मूर्तिमा

रास्वपासँग राजनीतिक सहमति गर्ने पक्षमा जेन-जी फ्रन्ट र काउन्सिल, अलायन्स भने सडकतिर

काठमाडौं- सोमबार राति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह, राष्ट्रिय स्वतन्त्र