फिल्म होइन, सिरियल तर्फ प्रियंका  | Khabarhub Khabarhub

फिल्म होइन, सिरियल तर्फ प्रियंका 


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेत्री प्रियंका कार्की कुनै समय निर्माता र निर्देशकको रोजाइमा पर्ने नायिकाहरूमा अगाडि आउने नाम थिइन् । उनले गर्ने अभिनयसँगै फिल्ममा लिँदा सहज हुने भएकाले निर्माता तथा निर्देशकले कास्ट गर्थे । उनले फिल्मलाई दिने समय र प्रचारप्रसारमा दिने समयले मिडियामा समेत चर्चा पाउथ्यो । मिडिया ‘फ्रेन्डली’ भएकै कारण उनका प्राय गतिविधिले समाचारमा स्थान पाउने गर्थे ।

यद्यपि उनी पति आयुष्मान डिएस जोशीसँग नजिक भए यता विस्तारै त्यो क्रम घट्दै गयो । उनलाई फिल्ममा लिएर गुनगान गाउने निर्माता र निर्देशकले उनले दिने गरेको दुखको बारेमा बोल्न थाले । विवाह पश्चात फिल्मसँग केही टाढिएकी प्रियंकाले केही समय अगाडि फिल्मको प्रचारमा समय नदिएको भन्दै आलोचना खेपिन । निर्देशक सूर्य बोहोराले प्रियंका सहित अर्की अभिनेत्री दीपिका प्रसाईँले दुःख दिएको अभिव्यक्ति मिडियामै दिए ।

तर, प्रियंकाले त्यसलाई सच्याइन् । उनले त्यसपछि रिलिज फिल्म ‘लक्का जवान’ को गतिविधिमा समय दिइन् । प्रियंका मिडिया अन्तरवार्तादेखि फिल्म रिलिज भएपछि हलमा समेत पुगिन् । यद्यपि फिल्मले दर्शकलाई रिझाउन नसक्दा उनको मेहनतको ‘फल’ देखिएन । नेपाली फिल्म क्षेत्रमा केही वर्ष एक छत्र राज गरेकी प्रियंकाले दर्शकबाट त्यही माया पाउन सकेकी छैनन् । यसबीच उनले आफ्नै कुकरी शो, वेब सिरिज पनि नबनाएकी होइनन् । यद्यपि तिनले पनि उनलाई चर्चामा ल्याउन सकेको छैन । केही समय अगाडि उनले फिल्म मेकिङमा आउने योजना पनि नबनाएकी होइनन् । यद्यपि त्यसले समेत मूर्तरूप पाउन सकेको छैन ।

प्रियंकाले फिल्म मेकिङ अन्तर्गत निर्माण तथा निर्देशनको विकल्प पनि नदेखेकी होइनन् । यद्यपि उनले त्यो आट पनि गर्न सकेकी छैनन् । आफ्नो फिल्मले केही वर्ष अगाडिसम्म गर्ने न्यनतम कलेक्सन समेत पछिल्ला फिल्मले नगरेपछि सायद उनलाई निर्णय लिन गाह्रो भएको हुनसक्छ । ‘वडा नम्बर ६’ मार्फत वृहत रुपमा दर्शकसमक्ष पुगेकी प्रियंकालाई हाँस्यकलाकारहरुकै समूहले निर्माण गरेको फिल्म ‘लक्का जवान’ ले नत चर्चा दिलायो नत सफलता नै।

यिनै प्रियंका पति आयुष्मानसँग मिलेर सिरियल तर्फ लागेकी छिन् । सोमबारबाट छायांकन सुरु भएको ‘साहु बा’ सिरियलमा प्रियंकाको मुख्य भूमिका छ भने आयुष्मान फोटोग्राफी निर्देशकको रुपमा छन् । फिल्मका कलाकारहरु सिरियलमा आउनु नराम्रो होइन । यद्यपि फिल्म मार्फत सिरियल आउँदा चर्चा राम्रै हुन्छ । त्यसो त अधिकांशले सिरियल वा सिरिज मार्फत फिल्मसम्मको यात्रा तय गर्ने गरेका छन् । सिरियलमा काम गर्नु प्रियंका र आयुष्मानको रोजाइ थियो वा बाध्यता, त्यो भने उनीहरु नै जान्दछन् । यद्यपि पछिल्लो समय प्रियका सफलताको खोजीमा रहेको प्रस्टै देखिन्छ ।

 

 

 

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  १२ : ३७ बजे

दुनाटपरी बेचेर आयआर्जन गर्दै महिलाहरू

सुदूरपश्चिम– यहाँको धनगढी उपमहानगरपालिका–५ जाई गाउँकी सरिता चौधरीलाई धनगढी बजारमा

तीन महिनामा ३५ अर्ब बराबरको वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं– चालु आर्थिक वर्षको सुरुआती तीन महिनामा रू ३५ अर्बभन्दा

झिलिमिली तिहार (तस्बिरहरू)

काठमाडौं– हिन्दुहरूको दोस्रो महान् पर्व तिहार आए सँगै काठमाडौं उपत्यका

प्रधानमन्त्रीले विपिनलाई श्रद्धाञ्जली दिँदै भनिन् : “विपिन हामी सबैका छोरा हुन्, कहिल्यै अस्ताउँदैनन्”

काठमाडौं- इजरायलमा दिवंगत भएका नेपाली विद्यार्थी विपिन जोशीप्रति श्रद्धाञ्जली अर्पण

चीनका प्रमुख व्यापार वार्ताकार ली चेङ्गाङ विश्व व्यापार संगठनको पदबाट हटाइए

एजेन्सी – वरिष्ठ चिनियाँ व्यापार वार्ताकार तथा विश्व व्यापार संगठन