खेलकुद मन्त्री महेश्वर गहतराज र एनआरएन रुसका पदाधिकारीबीच छलफल « Khabarhub

खेलकुद मन्त्री महेश्वर गहतराज र एनआरएन रुसका पदाधिकारीबीच छलफल

नेपालमा लगानी भित्राउन मन्त्री अथकको आग्रह


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपालमा लगानी भित्राउन रुसका गैरआवासीय नेपाली (एनआरएन) लाई आग्रह गरेका छन् । रसियन सरकारको औपचारीक निमन्त्रणामा रुसको भ्रमणमा रहेका मन्त्री अथकले एनआरएनका पदाधिकारीहरूसँगको छलफलका क्रममा नेपालमा लगानी भित्राउन आग्रह गरेका हुन् ।

रुस भ्रमणको अन्तिम दिन बिहिबार (आज) गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाली दूतावासद्वारा आयोजित विशेष भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अथकले आफूले सिकेको सीप तथा लगानी नेपालमा सदुपयोग गर्न अनुरोध गरेका हुन् । नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले देशको आर्थिक विकासका लागि सरकारको साझेदार बन्न मन्त्री अथकले आग्रह गरे । विगतका असहजता र समस्यालाई हल गर्दै नेपाल अहिले नयाँ ठाउँमा पुग्न सफल भएकाले पछिल्लो समय सबैमा देशभित्रै केही गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको उनले बताए । 

विदेशमा आर्जन गरेको सिप र स्वीप्mट मनीले नेपालमै केही गर्नुपर्छ भन्ने संकल्पको भावनालाई कसरी व्यवस्थित गर्ने भन्ने बारे सरकारी तहबाट छलफल भइरहेको बताउँदै मन्त्री अथकले नेपालमा लगानी भित्राउन रुसमा रहेका नेपालीहरूलाई आग्रह गरेका हुन् । 

अवसर र सम्भावनाको हिसाबले नेपाल नयाँ ठाउँमा पुगेकाले आगामी दिनमा नेपालको भविष्य सुखद रहेको मन्त्री अथकले दावी समेत गर्ने । कार्यक्रममा मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, रसियास्थित नेपाली दुतावासका कर्मचारी तथा एनआरएनका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने औपचारिक भ्रमणका लागि गत सोमबार रुस प्रस्थान गरेका मन्त्री अथक असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  २ : २८ बजे

इरानको युद्धविराम प्रस्ताव ट्रम्पले गरे अस्वीकार

काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको युद्धविराम प्रस्ताव अस्वीकार

बाढीले नवलपरासी र तनहुँ जोड्ने कालीगण्डकीमाथिको पुल बगायो

नवलपुर (नवलपरासी) । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र तनहुँ जोड्ने कालीगण्डकी नदीमा

पाटा नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव भट्ट निर्वाचित

काठमाडौं। प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरको अध्यक्षमा नरेन्द्रदेव

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक परमिट बन्द

मुस्ताङ ।  राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले 

मधेश र कोशीबीच आर्थिक तथा वित्तीय सहकार्य गर्ने समझदारी

काठमाडौँ- मधेश प्रदेश सरकारको अर्थ मन्त्रालय र कोशी प्रदेश सरकारको आर्थिक