खेलकुद मन्त्री महेश्वर गहतराज र एनआरएन रुसका पदाधिकारीबीच छलफल | Khabarhub Khabarhub

खेलकुद मन्त्री महेश्वर गहतराज र एनआरएन रुसका पदाधिकारीबीच छलफल

नेपालमा लगानी भित्राउन मन्त्री अथकको आग्रह


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नेपालमा लगानी भित्राउन रुसका गैरआवासीय नेपाली (एनआरएन) लाई आग्रह गरेका छन् । रसियन सरकारको औपचारीक निमन्त्रणामा रुसको भ्रमणमा रहेका मन्त्री अथकले एनआरएनका पदाधिकारीहरूसँगको छलफलका क्रममा नेपालमा लगानी भित्राउन आग्रह गरेका हुन् ।

रुस भ्रमणको अन्तिम दिन बिहिबार (आज) गैरआवासीय नेपाली संघ (एनआरएन) र नेपाली दूतावासद्वारा आयोजित विशेष भेटघाट कार्यक्रममा बोल्दै मन्त्री अथकले आफूले सिकेको सीप तथा लगानी नेपालमा सदुपयोग गर्न अनुरोध गरेका हुन् । नेपालमा लगानीको वातावरण बन्दै गइरहेकाले देशको आर्थिक विकासका लागि सरकारको साझेदार बन्न मन्त्री अथकले आग्रह गरे । विगतका असहजता र समस्यालाई हल गर्दै नेपाल अहिले नयाँ ठाउँमा पुग्न सफल भएकाले पछिल्लो समय सबैमा देशभित्रै केही गर्नुपर्छ भन्ने भावनाको विकास हुँदै गएको उनले बताए । 

विदेशमा आर्जन गरेको सिपस्वीप्mट मनीले नेपालमै केही गर्नुपर्छ भन्ने संकल्पको भावनालाई कसरी व्यवस्थित गर्ने भन्ने बारे सरकारी तहबाट छलफल भइरहेको बताउँदै मन्त्री अथकले नेपालमा लगानी भित्राउन रुसमा रहेका नेपालीहरूलाई आग्रह गरेका हुन् । 

अवसर र सम्भावनाको हिसाबले नेपाल नयाँ ठाउँमा पुगेकाले आगामी दिनमा नेपालको भविष्य सुखद रहेको मन्त्री अथकले दावी समेत गर्ने । कार्यक्रममा मन्त्रालयका सचिव डा. दामोदर रेग्मी, रसियास्थित नेपाली दुतावासका कर्मचारी तथा एनआरएनका पदाधिकारीहरूको सहभागिता रहेको थियो । 

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाँच दिने औपचारिक भ्रमणका लागि गत सोमबार रुस प्रस्थान गरेका मन्त्री अथक असार ३ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  २ : २८ बजे

राप्तीसोनारीका महिला बाख्रापालनतर्फ आकर्षित

राँझा– बाँकेको राप्तीसोनारी गाउँपालिकाका किसान महिला पछिल्लो समयमा बाख्रापालनतर्फ आकर्षित

‘प्रदेश स्वास्थ्य आपतकालीन तयारी तथा प्रतिकार्य योजना’ निर्माण गरिँदै

कर्णाली– विपद्का हिसाबले मुलुकको अत्यन्तै जोखिम मानिने कर्णालीमा ‘प्रदेश स्वास्थ्य

आज विश्व सहरीकरण दिवस

काठमाडौं– सहरको दिगो विकास र सहकार्यको सन्देश प्रवाह गर्दै ‘जनकेन्द्रित

चितवनमा बस दुर्घटना, ३३ जना घाइते

चितवन– गौरबाट काठमाडौँतर्फ गइरहेको बस भरतपुर महानगरपालिका–९ टिकौली जङ्गलमा आज

घरजग्गाको कारोबार गर्ने कम्पनीलाई अनुमतिपत्र दिइने

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको कारोबार गर्ने कम्पनीका