बङ्गलादेश सिरिजको लागि २२ नेपाली रग्बी खेलाडी छनोट | Khabarhub Khabarhub

बङ्गलादेश सिरिजको लागि २२ नेपाली रग्बी खेलाडी छनोट


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल रग्बी संघले बङ्गलादेशमा हुने बङ्गबन्धु बङ्गलादेश –नेपाल अन्तर्राष्ट्रिय रग्बी सिरिजका लागि २२ खेलाडी छनोट गरेको छ । बङ्गलादेशको ढाकास्थित आर्मी स्टेडियममा हुने सिरिजमा २२ खेलाडीसँगै प्रशिक्षक, व्यवस्थापक र एक फिजियो गरी कुल २५ सदस्यीय टोलीको निर्माण गरिएको हो । नेपाली टोली असार ४ गते बंगलादेश जाने संघले जनाएको छ ।

 नेपाल र बङ्गलादेशबीचको सिरिज असार ७ र ८ गते सञ्चालन हुनेछ । कोभिड–१९ को महामारीपश्चात् प्रतियोगिता चलायमान हुनु दुवै राष्ट्रको लागि उत्कृष्ट अवसर हो । यस सिरिजले दुवै राष्ट्रबीचको सम्बन्धलाई बलियो बनाइ रग्बी तथा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय जगतमा प्रवर्द्धन गर्नेछ ।’, नेपाल रग्बीका मिडिया व्यवस्थापक कामना गिरीले जानकारी दिए । 

No description available.बङ्गलादेशमा नेपाल र घरेलु टोलीबीच रग्बी ७ एस र रग्बी १५ एसका खेलहरू खेलिने छन् । संघले सञ्चालन गरेको बन्द प्रशिक्षणमा ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाइएको थियो । दोस्रो चरणमा २८ खेलाडीलाई छनोट गरिएको थियो । अन्तिम चरणमा भने २२ खेलाडीलाई छनोट गरिएको हो ।

खेलाडीमा सुरज चौधरी, शेर बहादुर वली, बिक्रम भारती, रोशन घर्ती, निरोज कार्की, बिक्रम पुरी, नवीन महर्जन, श्री राम श्रेष्ठ, विराट श्रेष्ठ, बिबेश बसु, सञ्जीव कुँवर, प्रेम बहादुर कोइराला, रमित बहादुर मल, यडु अधिकारी, अमर सिंह श्रेष्ठ, कृष्ण क्षेत्री, सुमन चौलागाईं, पुजन फेवली, झुकेन्द्र राई, राम कृष्ण चौधरी, सुजन कुमाल र हुतराज प्रधान रहेका छन् । खेलाडीसँगै रग्बी १५ एसका प्रशिक्षक टङ्क राज गिरी, व्यवस्थापक गोपाल क्षेत्री र लक्ष्मण अधिकारी पनि बंगलादेश जानेछन् । 

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  २ : ४८ बजे

लिपुलेक सम्झौताको विरोधमा भारतीय दूतावास अगाडि मसाल जुलुस (तस्बिरहरू)

काठमाडौं– भारतीय राजदूतावास अगाडि नेकपा एमाले निकट अनेरास्ववियुले विरोध प्रदर्शन

एनपीएल आगामी मङ्सिरमा हुने

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण आगामी

कृषि विकास बैंकले अर्थतन्त्रका अन्य क्षेत्रमा पनि लगानी गरिरहेको छ : सिइओ गुरूङ

काठमाडौं– कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले

हामी आपसी संवाद र छलफलबाट प्रत्येक समस्याको छिनोफानो चाहन्छौँ : महासचिव पोखरेल

महोत्तरी– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले महासचिव

पत्रकारहरू खोज पत्रकारितामा सक्रिय भएर लाग्नुपर्छ : अग्नि सापकोटा

धुलिखेल– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकारहरूले