जापान सरकारबाट प्राप्त ३६ करोड ६२ लाख अनुदान मन्त्रिपरिषद्बाट स्वीकृत « Khabarhub

जापान सरकारबाट प्राप्त ३६ करोड ६२ लाख अनुदान मन्त्रिपरिषद्बाट स्वीकृत


२ असार २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले जापान सरकारबाट नेपालको मानव संशाधन विकासका लागि प्राप्त हुने जापानी येन ३७ करोड ६० लाख (करिब रु ३६ करोड ६२ लाख) बराबरको अनुदान सहायता स्वीकार गर्ने भएको छ ।

त्यसैगरी सरकारले सार्वजनिक खर्च पुनरावलोकन समितिका अध्यक्ष भीमकुमार ओझाले उक्त पदबाट दिएको राजीनामा स्वीकृत गरेको छ । य

ही जेठ ३१ गते बसेको मन्त्रिपरिषद्का निर्णयबारे आज जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सो समितिको अध्यक्ष पदमा नेपाल सरकारको राजपत्रङ्कित विशिष्ट श्रेष्णीबाट अवकाश प्राप्त गरेका मोहनकृष्ण सापकोटालाई नियुक्त गर्ने निर्णय भएको जानकारी दिए ।

सरकारले एशिया प्यासिफिक ग्रुप अन मनी ल्याण्डरिङको मिति २०७९ साउन ८ देखि १२ गतेसम्म मलेसियामा आयोजना हुने वार्षिक साधारणसभामा सहभागिताका लागि सचिवद्वय धनराज ज्ञवाली र उदयराज सापकोटाको वैदेशिक भ्रमण स्वीकृत गरेको छ ।

सरकारका प्रवक्ता कार्कीले मिलेनियन च्यालेञ्ज एकाउन्ट नेपाललाई रातमाटे सवस्टेसन निर्माणका लागि नुवाकोट जिल्ला बेलकोटगढी नगरपालिकामा जग्गा उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिए ।

उनले भने, “मिति २०७९ असार ११ र १२ गते स्वीट्जरल्याण्डमा आयोजना हुने ‘९२औँ अनुअल जेनेरल मिटिङ अफ द बैंक फर इन्टरनेशल सेटलमेन्ट’ विषयक कार्यक्रममा भाग लिन नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई स्वीकृति दिने निर्णय भएको छ ।”

त्यसैगरी सरकारले राष्ट्रिय बिमा कम्पनी लिमिटेडको अध्यक्षमा अर्थ मन्त्रालयका सहसचिव राजेश्वर ज्ञवालीलाई मनोनयन गर्नुका साथै २०७९ असार ६ गतेदेखि १३ गतेसम्म थाइल्याण्ड र भियतनाममा हुने फाइनान्ससम्बन्धी कार्यक्रममा सहभागी हुन सचिव अर्जुनप्रसाद सापकोटालाई स्वीकृत दिने पनि निर्णय गरेको छ ।

विसं २०७९ असार ६ गते भर्चुअल माध्यमबाट हुने नेपाल भूटान द्विपक्षीय व्यापार वार्तामा नेपालका तर्फबाट भाग दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव डा नारायणप्रसाद रेग्मीको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरिएको मन्त्री कार्कीको भनाइ छ ।

त्यसैगरी मन्त्रिपरिषद्ले नेपालका लागि अस्ट्रियाका अवैतनिक वाणिज्यदूत राजेशबाबु श्रेष्ठलाई अस्ट्रिया सरकारबाट प्रदान गरिने ‘डेकोरेशन अफ होनर इन सिल्भर’ र ‘द ब्रिगेड अफ गुर्खाज’ का भूतपूर्व सैनिक धर्मराज तामाङ र वीरबहादुर थापालाई बेलायतकी महारानीबाट प्रदान गरिने ‘ब्रिटिस इम्पेयर मेडल पदक’ ग्रहण गर्न स्वीकृति दिनेसमेत निर्णय गरेको छ ।

नेपाल रेडक्रस सोसाइटीका साधारण सदस्यमध्येबाट प्रा सुदर्शनप्रसाद नेपालको अधयक्षतामा तीन महिनाका लागि एक तदर्थ समिति गठन गर्ने, नेपाल सरकार र बेलायत सरकारबीचको द्विपक्षीय श्रम सम्झौता स्वीकृत गर्ने र तारागाउँ विकास समितिको अध्यक्षमा सुरेशराज जोशी र सदस्य सचिवमा महेन्द्रकुमार थापालाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय रहेको छ ।

मन्त्री कार्कीले भने, “दक्षिण कोरियाको सिओलमा मिति २०७९ असार ९ देखि १२ गतेसम्म आयोजना हुने ‘द वर्ल्ड टुरिजम कनफेरेन्स २०२२’ र इन्टरनेशनल टुरिजम फेयरमा सहभागी हुन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई स्वीकृति दिने निर्णय सरकारले गरेको छ ।”

विसं २०७९ असार ८ देखि १० गतेसम्म मेक्सिकोमा सञ्चालन हुने सूचना आयुक्तको अन्तर्राष्ट्रिय वार्षिक सम्मेलनमा सहभागिता जनाउन राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त महेन्द्रमान गुरुङको नेतृत्वको भ्रमण टोलीलाई स्वीकृति दिने सरकारको निर्णय छ ।

त्यसैगरी निजी आवास पुनःनिर्माण तथा प्रवलीकरणको कार्यलाई मिति २०७९ असार मसान्तसम्म निरन्तरता दिने, सरकारी जग्गा दर्ता तथा लिजमा उपलब्ध गराउन सम्बन्धित कार्यनीति, २०७८ र सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम बिक्री तथा मिनाहासम्बन्धी कार्यविधि, २०७८ तथा उपचार खर्च, राहत तथा आर्थिक सहायतासम्बन्धी मापदण्ड, २०७८ स्वीकृत गर्ने पनि सरकारको निर्णय छ ।

प्रकाशित मिति : २ असार २०७९, बिहीबार  १० : २९ बजे

मोटरसाइकल दुर्घटनाका घाइतेको उपचारका क्रममा मृत्यु

दमौली– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलगरमा आइतबार भएको दुर्घटनाका घाइतेको

निर्वाचनसम्बन्धी जानकारी लिन चाहनेका लागि ‘कल सेन्टर’

काठमाडौं– मतदाताका निर्वाचनसम्बन्धी जिज्ञासाको निःशुल्क जानकारी दिने उद्देश्यले आजदेखि निर्वाचन

बालेन आज दमकमै बस्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाबाट आइतबार राजीनामा दिएर औपचारिक रुपमा राजनीतिमा प्रवेश

योगेश र गोकुललाई ठेगान लगाएर एकनाथसँग ओलीको ‘माया’, संगठन नै नभएको परिवार दलसँग सहकार्य

काठमाडौं- आफ्नो कार्यशैली र नेतृत्व क्षमताबारे प्रश्न र आलोचना गरेकै

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

वीरगञ्ज– पर्सामा आगामी फागुन २१ गतेदेखि हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका