कुवेतमा नेपालीहरूको मन जित्दै हिमालयन रेस्टुरेन्ट   « Khabarhub

कुवेतमा नेपालीहरूको मन जित्दै हिमालयन रेस्टुरेन्ट  



दोहा – रोजगारीका लागि कुवेत पुगेका नेपाली युवाहरुले कुवेतको फर्वानियास्थित ब्लक-३ स्ट्रीट १११ मा हिमालयन हाउस एन्ड कफी सप रेस्टुरेन्टको दोस्रो शाखा विस्तार गरेका छन् ।

फर्वानिय एरियामा बस्ने नेपाली लगायतलाई सेवा दिने उदेश्यले रेस्टुरेन्टको शाखा विस्तार गरिएको सञ्चालक मध्येका प्रेम गुरुङले जानकारी दिए । ‘यहाँ अन्य ठाउँबाट आउनलाई यातायातको पनि राम्रो सुविधा रहेको छ।’ उनले भने।

कुवेतमा श्रम गर्न पुगेका प्रेम गुरुङ, उनका मामा राम गुरुङ र भाइ नीर गुरुङको संयुक्त लगानीमा विस्तार गरिएको रेस्टुरेन्टको केहि दिनअघि कुवेतका लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले उद्घाटन गरेका थिए ।

उनीहरूले दुई वर्षअघि १८ मे २०२० मा हिमालयन रेस्टुरेन्ट त्यहाँको एम्बेसडोर सुपरमार्केटको छेउमा सलमिया पुरानो सुक, ब्लक ९ मा सञ्चालन ल्याएका थिए।

नयाँ खोलिएको शाखाबाट नेपाली, इंडियन, चाइनिज, फिलिपिनो र भुटानीज खानाको व्यवस्था रहेको छ । ‘हाम्रो योजना भनेको थप शाखा विस्तार गर्दै लैजाने र नेपाली खानलाई प्रमोट गर्ने हो’ उनले खबरहबसँग भनेका छन् ।

सञ्चालक प्रेमको चौतारी रेस्टुरेन्ट कुवेत सिटी मालिया, दाम्पा लाउन्ज सीफुड रेस्टुरेन्ट, शाखा सालमिया र डम्पा लाउन्ज समुद्री खाना रेस्टुरेन्ट फरवानिया पनि लगानी रहेको छ ।

नयाँ शाखामा ३५ हजार कुबेती डिनार लगानी

यस शाखामा तीन जनाको ३५ हजार कुबेती डिनार लगानी रहेको उनले बताए । अरबी र इन्डियन रेस्टुरेन्टहरु पाइला पाइलामा देखिने कुवेतमा नेपाली युवाहरुले रेष्टुरेन्ट सञ्चालन गरेर नेपालीहरूको चौतारी बनाउन चाहेको उनले बताए ।

पछिल्लो समय कुवेतमा हिमालयन रेस्टुरेन्टले नेपालीहरूको मात्र नभई विदेशी नागरिकहरुको पनि मन जित्न सफल भएको उनको दाबी छ । नयाँ शाखा सञ्चालनमा आएसँगै केही नेपाली कामदारलाई प्रत्यक्ष रोजगारीसमेत मिलेको छ ।

पछिल्लो समयमा रोजगारको लागि कुवेत पुगेर व्यापार व्यवसाय गर्ने नेपाली युवाहरूको सङ्ख्या बढ्दो छ । कुवेतमा विभिन्न पेसा गरी करिब ७० हजारको हाराहारीमा नेपालीहरू कार्यरत रहेको पाइन्छ।

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ६ : ४० बजे

झपट रावलले भने– बादलको प्रतिवेदन वस्तुनिष्ठ होइन, ‘व्यक्ति केन्द्रित टिपोट’ मात्रै

काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य झपट रावलले पार्टी पुनर्गठन

भोटेकोशी बाढी : नेपाल प्रहरीद्वारा ‘टिमुरे टु त्रिवेणी’ अप्रेशन सञ्चालन

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ता भएकाको खोजीलाई

दुई दिनमा साढे ३ लाख सिलिन्डर ग्यास भित्रियो, उपभोक्तालाई भने अझै सास्ती

काठमाडौं – पछिल्लो दुई दिनमा भारतबाट नेपालका विभिन्न नाका हुँदै

भोटेकोशी बाढी : छोराबुहारी बेपत्ता, घर फर्कने आशमा आमाबुवा

बर्दिया – रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा छोराबुहारी बेपत्ता भएपछि

सडकपेटीमा सुत्केरी : काममा खटिएका छ जना कर्मचारी निलम्बित

सप्तरी – राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकै अवस्थामा अस्पताल