नेपाललाई श्रीलंका हुन नदिन भ्रष्टाचार निर्मूल गर्नुपर्नेमा कोइरालाको जोड « Khabarhub

नेपाललाई श्रीलंका हुन नदिन भ्रष्टाचार निर्मूल गर्नुपर्नेमा कोइरालाको जोड


३२ असार २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपाललाई श्रीलंका हुनबाट जोगाउन भ्रष्टाचार निर्मूल गर्नुपर्नेमा जोड दिएका छन् । सबैले भ्रष्टाचार गर्दैनौँ भनेर प्रतिबद्ध भएको अवस्थामा मुलुक श्रीलंका हुनबाट जोगिने उनको भनाइ थियो। 

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा आयोजित कार्यक्रममा केन्द्रीय सदस्य डा कोइरालाले भने, ‘हाम्रा नेतृत्वहरू अहिले पनि के नेपाल श्रीलंका जस्तै हुन्छ भन्दै हिँडेका छन् तर सुशासन दिन्छौँ, पारदर्शिता अपनाउँछौँ, भ्रष्टाचार गर्दैनौँ भन्नुपर्छ । यति गर्न हामी श्रीलंका बन्दैनौँ ।’ देश अप्ठ्यारो परिस्थितिबाट भने अगाडि बढिरहेको छ  तर नेतृत्वहरूले बुझेर पनि बुझ पचाएका टिप्पणी उनले गरे ।

‘नेपाल श्रीलङ्का बन्न लागेकोप्रति सबै नेपालीलाई चिन्ता छ’, नेता डा काइरालाले भने, ‘सबै नेपालीले कम्मर कसेर अठोट गरे अहिलेको अवस्थाबाट पार लगाउन सकिन्छ ।’ भरतपुर अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा कृष्णप्रसाद पौडेलले लेखेकाे ‘लय छुटेको समय’ पुस्तक विमोचन गर्दै उनले आगामी निर्वाचनमा कांग्रेसको सिद्धान्त र विचारलाई कायम गर्दै कम क्षति हुनेगरी अघि बढ्नुपर्नेमा जोड दिए ।

पुस्तकका लेखक प्रा. डा. पौडेलले पुस्तकभित्र कथा, कविता, संस्मरणसँगै बिरामी र चिकित्सकको भोगाइहरू समावेश गरिएको बताए । पचास प्रतिशतभन्दा बढी रोगको उपचार समाजमै भएको उल्लेख गर्दै उनले बिरामीको उपचार कसरी हुन्छ, उपचार गर्दा के कुरामा ध्यान दिनुपर्छ भन्ने विषयलाई समाहित गर्दै डाक्टरको व्यथा भन्नाका लागि पनि पुस्तक लेखेको बताए । उक्त पुस्तक साङ्ग्रिला बुक्सले प्रकाशन गरेको हो । 

प्रकाशित मिति : ३२ असार २०७९, शनिबार  ३ : ३६ बजे

एक महिनापछि चल्यो च्याममा फोरजी सेवा

हुम्ला– नेपाल टेलिकमको अवरुद्ध फोरजी सेवा सञ्चालनमा आएको छ ।

सभामुख अर्याल र चिनियाँ प्रतिनिधिमण्डलबिच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालको नेतृत्वमा अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) को

सभामुख अर्याल र अष्ट्रेलियाली समकक्षी डिकबीच भेटवार्ता

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्याल र अष्ट्रेलियाली संसद्का सभामुख मिल्टन

मिनेन्द्रले उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेसको उपसभापतिमा डाक्टर मिनेन्द्र रिजालले उम्मेदवारी दिने भएका

कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता सुरु

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि