सूर्यमा लड्दा हारिन्छ, जित सुनिश्चितताका लागि माओवादी रोजेँ : वामदेव « Khabarhub

सूर्यमा लड्दा हारिन्छ, जित सुनिश्चितताका लागि माओवादी रोजेँ : वामदेव


३१ श्रावण २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमले माओवादी केन्द्रसँग एउटै चुनाव चिन्हबाट चुनाव लड्ने सहमति भए पनि आफूहरू गठबन्धनमा नरहेको बताएका छन्।

मंगलबार निर्वाचन आयोगमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले गोलाकारभित्रको हँसिया हथौडा चिन्हबाट चुनाव लड्ने तर गठबन्धन भित्र नबस्ने बताएका हुन्। अहिलेलाई माओवादीको चुनाव चिन्हबाट लड्दा सहज हुने भएकाले सहकार्य गरेको उनको भनाइ छ । गौतमले आफूलाई कुन सिट दिन भन्ने जिम्मा प्रचण्डको रहेको जिकिर गरे।

प्रतिनिधिसभा तर्फ एक सिट र प्रदेशसभामा कम्तीमा २ सिट नेकपा एकता अभियानलाई दिनुपर्ने प्रस्ताव आफूहरूको रहेको उनको भनाइ छ । आफूलाई चुनाव जित्ने आधार चाहिएको र सूर्य चिन्हमा चुनाव लड्दा पराजित हुने भएकाले जित सुनिश्चितताका लागि माओवादी रोजेको बताए ।

उनले आफूहरूको ध्यान कम्युनिष्ट पार्टीलाई एक बनाउनेमा केन्द्रित रहेको बताए।

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ५ : ३१ बजे

बाढी प्रभावित क्षेत्रमा रोग फैलने आशंकामा सरकारले थाल्दै खोप अभियान

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रहरूमा फैलिन

पहिरोले किम्रुङ खोला थुनियो, पर्वत र कास्कीमा अलर्ट जारी

काठमाडौँ । पहिरो जाँदा पर्वतस्थित किम्रुङ खोला थुनिएको छ भने

माइतीघरमा जलेर घाइते युवतीको वीर अस्पतालमा उपचार जारी

काठमाडौँ- काठमाडौँको माइतीघरमा मंगलबार साँझ आफैलाई आगो लगाएर घाइते भएकी

जेनजी सहिद परिवारद्वारा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याण सम्मानित

काठमाडौं । जेनजी सहिद परिवारको संस्था ‘जेनजी सहिद परिवार कल्याणकारी

कांग्रेस विधान मस्यौदा समितिमा थप चार सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसले विधान मस्यौदा समितिमा चार जना सदस्य र