नेपालबाट प्लाइउड निर्यात « Khabarhub

नेपालबाट प्लाइउड निर्यात


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सुरुङ्गा– नेपालबाट प्लाइउड भारतसहित विभिन्न देशमा निर्यात हुँदै आएको छ । नेपाल भेनियर उत्पादक संघ झापाका सचिव दिनेश चापागाईँका अनुसार नेपालमा ७९ वटा प्लाइउड उद्योग दर्ता रहेका छन् । तीमध्ये सञ्चालनमा रहेका ६३ वटा उद्योगले उत्पादन गरेको प्लाइउड भारतसहित विभिन्न देशमा निर्यात हुँदै आएको सचिव चापागाईँले बताए । 

पछिल्लो तीन महिनामा मात्रै नेपालले रु ५० करोडको प्लाइउड विदेश निर्यात गरेको छ । मुलुकमै सबैभन्दा धेरै प्लाइउड उद्योग झापामा छन् । झापामा मात्रै १६ उद्योग सञ्चालनमा रहेको सचिव चापागाँईले बताए । त्यस्तै मोरङ र सुनसरीमा १४ उद्योग सञ्चालनमा रहेको र देशभर ६३ प्लाइउड उद्योगले प्लाइ उत्पादन गर्ने गरेको उनको भनाइ छ । नेपालमा खपत पर्याप्त भएर पनि जेठ, असार र  साउन महिनामा मात्रै ५० करोड बराबरको प्लाइ विदेश निर्यात गरेको उनको भनाइ छ । 

विशेषगरी नेपालमा उत्पादित प्लाइ भारतको महाराष्ट्र, कर्नाटक, राजस्थान, जयपुर, बैङ्लोर, उत्तर प्रदेशमा धेरै खपत हुने गरेको नेपाल भेनियर उत्पादक संघ झापाले जनाएको छ । प्लाइ काठबाट तयार पारिन्छ । यसलाई विशेषगरी फर्निचर, कोठाको पार्टेसन, सजावटका सामग्री र झ्यालढोका बनाउनसमेत प्रयोग गरिँदै आएको छ । 

हाल काठमा आधारित वस्तुको माग विदेशमा पनि बढिरहेका बेला प्लाइउडले विदेशी मुद्रा आर्जनमा सहयोगी भूमिका निर्वाह गरेकाले प्लाइउडमा आधारित उद्योगलाई राज्यले सहयोग पुर्‍याउनुपर्ने नेपाल भेनियर उत्पादक संघ झापाका अध्यक्ष दीपक पाण्डेले बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १२ : ३७ बजे

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भावुक बने रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते

नेकपा (संयुक्त) का प्रदेशस्तरीय बैठक सम्पन्न

काठमाडौं- नेकपा (संयुक्त) को प्रदेशस्तरीय बैठकहरु सम्पन्न भएका छन् ।

आमनिर्वाचन सफल पार्नुपर्छ : उपसभापति वाग्ले

म्याग्दी- राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णीम वाग्लेले देशको राजनीतिक अन्योल