बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ प्रतिशतले घट्यो « Khabarhub

बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ प्रतिशतले घट्यो


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो महिना साउनमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप २ प्रतिशतले घटेको जनाएको छ । 

अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप १.६ प्रतिशतले घटेको थियो ।  वार्षिक बिन्दुगत आधारमा २०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ८.६ प्रतिशतले बढेको छ । 

२०७९ साउनमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ७.२ प्रतिशत, २६.९ प्रतिशत र ५८.८ प्रतिशत रहेको छ ।  अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.८ प्रतिशत, ३४.३ प्रतिशत र ४९.५ प्रतिशत रहेको थियो । 

२०७९ साउन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३७.४ प्रतिशत रहेको छ । २०७८ साउन मसान्तमा यस्तो निक्षेपको अंश ४१.४ प्रतिशत रहेको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  २ : २० बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन