सेयर बजार राताम्मे  « Khabarhub

सेयर बजार राताम्मे 


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सेयर बजार शुक्रबार पनि घटेर राताम्मे भएको छ । बिहीबार ५७ अंकले घटेको सेयर बजार परिसूचक नेप्से शुक्रबार १४ दशमलव १० अंकले ओरालो लागेर एक हजार ९१० दशमलव ३८ विन्दुमा झरेको छ ।

म्युचल फन्डबाहेक सबै समूहको सेयर घटेकोमा उत्पादन, माइक्रोफाइनान्स, बिमा, विकास बैंक, जलविद्युत् र फाइनान्स समूहको सेयर उच्च अंकले ओरालो लागेको छ ।

२२० वटा कम्पनीको २९ लाख १६ हजार २७१ कित्ता सेयर ९० करोड ८१ लाख ८६ हजार ४८८ रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी पावर कम्पनीको चार करोड २३ लाख रुपैयाँको सेयर किनबेच भयो ।

मिर्मिरे माइक्रोफाइनान्स, रिभर फल्स पावर कम्पनी र अपर सोलु हाइड्रोपावर कम्पनीको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि नवीन ब्यालेन्स फन्डको सेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ३ : ५० बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्