पाकिस्तानमा बाढी : थप २२ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा बाढी : थप २२ जनाको मृत्यु


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानमा बाढी पहिरोका कारण थप २२ जनाको मृत्यु भएको छ ।

अत्यधिक वर्षापछिका घटनामा परी पाकिस्तानमा पछिल्लो समय दैनिक धनजनको क्षति भइरहेको छ । घटनामा परी पछिल्लो २४ घण्टामा थप नौ जना घाइते भएको र स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

बाढी पहिरोबाट सबैभन्दा बढी सिन्ध प्रान्त प्रभावित भएको छ । यही प्रान्तमा मानवीय क्षति र भौतिक क्षति सबैभन्दा बढी भएको छ । गत मध्य जुनदेखि सुरु भएको मनसुनपछिका घटनाका कारण पाकिस्तानमा यस पटक अकल्पनीय क्षति भएको छ ।

बाढी पहिरोले लाखौँ विस्थापित भएका छन्, भने अरु हजारौ घाइते भएका छन् । घटनामा परी अहिलेसम्म एक हजार ५०८ जनाको मृत्यु भएको जनाइएको छ । त्यसैगरी १२ हजार ७५८ जना घाइते भएका छन् ।

प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार यसअवधिमा १८ लाख १७ हजार ५५० घर क्षतिग्रस्त भएका छन् । नौ लाख २९ हजार ५४३ जनावर मरेको पनि प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ४ : २३ बजे

चार महिनामा विपद्का पाँच हजार बढी घटना, २५० जनाको मृत्यु

काठमाडौँ– बितेको चार महिनामा देशका विभिन्न भागमा पाँच हजारभन्दा बढी

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बागलुङ– कानुनतः वर्षातको समयमा नदीजन्य पदार्थ उत्खनन् गर्न पाइँदैन ।

युरिया मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ

बागलुङ– किसानका लागि अनुदानमा उपलब्ध गराइएको युरिया मल बागलुङबाट वीरगञ्ज

शंखमुलस्थित एक होस्टलमा हतियार प्रहारबाट युवकको हत्या

काठमाडौँ– काठमाडौँ महानगरपालिका–१० शङ्खमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिट तथा धारिलो

पहिरोले बेनी–जोमसोम र चामे–बेँसीसहर सडक अवरुद्ध

काठमाडौँ– पहिरो खसेपछि म्याग्दीको बेनी–जोमसोम र मनाङको चामे–बेँसीसहर सडक पूर्णरूपमा