८८ प्रतिशत नागरिकलाई स्वच्छ खानेपानीको अभाव | Khabarhub Khabarhub

८८ प्रतिशत नागरिकलाई स्वच्छ खानेपानीको अभाव


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

राँझा– बाँके र बर्दियाका करिब १२ प्रतिशत नागरिकले मात्र पाइप प्रणालीबाट खानेपानी उपभोग गर्ने गरेका छन् । ती जिल्लाका ८८ प्रतिशत नागरिक स्वच्छ खानेपानीको पहुँचभन्दा बाहिर रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, नेपालगञ्जका प्रमुख तिलक न्यौपानेले जानकारी दिए । 

उनका अनुसार, दुई जिल्लामा निर्माण हुन लागेका सबै आयोजना सम्पन्न भएमा करिब ९० प्रतिशत नागरिकले पाइप प्रणालीको पानी प्रयोग गर्न पाउनेछन् । अहिले बाँकेमा ८५ प्रतिशत घरधुरीका मानिसले ह्याण्डपम्पको पानी खाने गरेका छन् । १४ हजार एक सय ३० घरधुरीले मात्रै पाइप प्रणालीको पानी खाने गरेका छन् ।

नेपालगञ्जस्थित खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले ती जिल्ला हेर्दै आएको छ । कार्यालयले नागरिकलाई स्वच्छ पानी पुर्‍याउन सघन खानेपानी आयोजना, सरसफाइ तथा ढल व्यवस्थापन, खानेपानी आयोजना गुणस्तर सुधार तथा अभिवृद्धि कार्यक्रम, खानेपानी आयोजना मर्मत सुधार, जलवायु अनुकूलित खानेपानी आयोजना, तराई/मधेस खानेपानीलगायतका आयोजनामा काम गर्दै आएको छ ।

बाँकेमा २०६३/६४ सालदेखि निर्माण सुरु भएका करिब आधा दर्जन खानेपानीका योजना अलपत्र परेका छन् । आयोजना सञ्चालन गर्नका लागि न्यून बजेट, पर्याप्त जनशक्तिको अभाव, उपभोक्ता समितिले चासो नदेखाउनुलगायतका कारणले करिब डेढ दशक पहिलेदेखि निर्माण सुरु भएका आयोजना अलपत्र अवस्थामा पुगेको प्रमुख न्यौपानेले बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ४ : ५१ बजे

प्रचण्डलाई आफ्नो पार्टीकोभन्दा एमालेको धेरै चिन्ता

काठमाडौं- यस पटक संयोगवश तीनवटा ठूला दलको केन्द्रीय कमिटी बैठक

एअर एम्बुलेन्स चढेर लण्डन पुगिन्‌ बंगलादेशी नेतृ खालिदा

एजेन्सी – बङ्गलादेश नेशनलिस्ट पार्टी (बीएनपी)की अध्यक्ष खालिदा जिया उपचारका

शान्तिप्रक्रिया टुङ्ग्याउन कांग्रेस र एमालेसँग कुरा गर्छु – प्रचण्ड

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

चीनमा फेरि अर्को भूकम्प

काठमाडौं- चीनमा बुधबार अर्को भूकम्प गएको छ । चीनको चिङ्हाइमा

चिसोले विद्यार्थी कठ्याङ्ग्रिन थालेपछि महोत्तरीका पाँच पालिकामा विद्यालय बन्द

महोत्तरी – विगत तीन दिनदेखि एक्कासि जाडो बढेपछि जिल्लाका पाँच