मिटरब्याज पीडितको माइतिघरमा धर्ना « Khabarhub

मिटरब्याज पीडितको माइतिघरमा धर्ना


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मिटरब्याज पीडितहरूले शुक्रबार ४५ औं दिन पनि काठमाडौंको माइतिघरमा धर्ना दिएका छन् । 

आफूलाई मिटरब्याजको नाममा भूमिहीन बनाउने साहुविरुद्ध किसानहरू निरन्तर धर्ना बस्दै आएका हुन् । आफूहरुलाई समस्यामा पर्नेहरूलाई कारवाही नगरेसम्म धर्ना नछाड्ने उनीहरूको भनाई छ । आन्दोलनरत मिटरब्याज पीडितहरूको अनशन र धर्ना कार्यक्रममा विभिन्न संघसंस्थाले ऐक्यवद्धता जनाउने क्रम पनि जारी छ । 

यसैक्रममा शुक्रबार आगामी मंसिरमा हुने निर्वाचनका लागि काठमाडौं–७ बाट स्वतन्त्र उम्मेदवारी घोषणा गरेका ई.किरण केसीलगायत नागरिक समाजका अगुवाहरूले ऐक्यबद्धता जनाएका हुन् । अष्ट्रेलियाबाट केही दिन अघि मात्र नेपाल आएर एयरपोर्टबाटै उम्मेदवारी घोषणा गरेका ई.केसीले मिटरब्याजी पीडितहरूको पक्षमा साथ दिने प्रतिवद्धता जनाएका छन् ।

 

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ५ : १५ बजे

कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक आज

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन