सामूहिक विद्यालय परिवारको विद्यार्थीहरूबीच मेमोरी खेल « Khabarhub

सामूहिक विद्यालय परिवारको विद्यार्थीहरूबीच मेमोरी खेल


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा– सामूहिक विद्यालय परिवार रूपन्देहीले मेमोरी खेल गरेको छ । कक्षा १, २ र ३ मा अध्ययनरत विद्यार्थीलाई ४० ओटा फरक/फरक वस्तुहरू राखेर पहिचान गर्न लगाउने खेल गरेको हो । 

शुक्रबार भैरहवामा आयोजित कार्यक्रममा सामूहिक विद्यालय परिवार रूपन्देहीका १७ विद्यालयका १७ छात्र र १७ छात्रा गरी ३४ जना विद्यार्थी कार्यक्रममा सहभागी थिए । छात्र र छात्रा गरेर भएको कार्यक्रममा छात्र तर्फ मनकामना बोर्डिङ हाइ स्कुलका अबसोज खान प्रथम, सनसाइट बोर्डिङ स्कुलका अनीश चौधरी दोस्रो, लुम्बिनी शिक्षा निकेतका शाहिल खान तेस्रो र युनिकहोम स्कुलका आयुसेक घर्ती सान्त्वना भएका थिए ।

त्यस्तै छात्रा तर्फ स्पाङगल बोर्डिङ स्कुलकी प्रतीक्षा कुर्मी प्रथम, मिनर्हवा हाइ स्कुलकी लिजा गुरुङ दोस्रो, मनकामना हाइ स्कुलकी सरिना क्षेत्री तेस्रो र एभ्रेष्ट मोर्डन स्कुलकी प्रिङ्का जैसवाल सान्त्वना भएकी थिइन् ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का अध्यक्ष उज्ज्वल पोखरेलले विद्यार्थीको अतिरिक्त सिकाइको लागि सामूहिक विद्यालय परिवारले कार्यक्रम गरेको बताउँदै विद्यार्थीको चौतर्फी विकासका लागि निरन्तर रूपमा विद्यालय लाग्न आग्रह गरे । मानिसको सर्ट मेमोरी र लङ मेमोरी मध्ये सामूहिक विद्यालय परिवारले आयोजना गरेको मेमोरी गेम सर्ट मेमोरी भएको बताउँदै विद्यार्थीहरू हरेक क्रियाकलापमा सक्रिय हुनु पर्ने सामूहिक विद्यालय परिवार रूपन्देहीका अध्यक्ष उदयकुमार मल्लिकले बताए ।

मानिसको स्मरण शक्ति भएकोले सर्वश्रेष्ठ प्राणी भएको बताउँदै विद्यार्थीले लगनशील भएर अध्ययन गर्नु  पर्ने  सामूहिक विद्यालय परिवार रूपन्देहीका पूर्व अध्यक्ष राजकुमार गुरुङले बताए । सामूहिक विद्यालय परिवार रूपन्देहीकी १८ विद्यालय मध्ये १७ विद्यालयले कार्यक्रममा सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ५ : ५८ बजे

समाज परिवर्तनका लागि राजनीति गरिनुपर्छ : मन्त्री घिसिङ

चितवन– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले समाज परिवर्तन र

काम गर्ने कम्पनीलाई समयमै भुक्तानी दिइने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

म्याग्दी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले समयमा काम सम्पन्न

निर्वाचनको वातावरण निर्माण गर्न नेता कोइरालाको आग्रह

विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आगामी फागुन २१

गुटको राजनीति समाप्त भयो, अब सिङ्गो एमाले मात्रै छ : लेखराज भट्ट

काठमाडौं– नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले पार्टीका आन्तरिक समस्या र

नेकपा कार्यकर्ताको आशा : पार्टी दीर्घकालीन र सबल बनोस् 

काठमाडौं– ‘दश वाम एक ठाम’ भन्ने नारासहित गत कार्तिकमा नेपाली