सैनिक कल्याणकारी कोषमा ६९ अर्ब ३ करोड ७९ लाख बचत « Khabarhub

सैनिक कल्याणकारी कोषमा ६९ अर्ब ३ करोड ७९ लाख बचत


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


726
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले सैनिक कल्याणकारी कोषमा बचत ६९ अर्ब ३ करोड ७९ लाख रुपैयाँ पुगेको जनाएको छ । 

नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरि कोषमा अहिले ६९ अर्ब रकम पुगेको जनाएको हो । कोष महानिर्देशनालयका प्रमुख सहायक रथी विजय थापाले गत वर्षको तुलनामा यस वर्ष कोषको रकम ६ अर्ब रुपैयाँले बढेको जानकारी दिए । त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा कल्याणकारी सेवा सुविधातर्फ कुल १५ अर्ब ४९ करोड खर्च भएको उनले बताए । त्यस्तै उनले सोही आर्थिक वर्षमा संस्थान अन्तर्गतका महाविद्यालयहरुमा अध्ययनरत १ हजार ६ सय ४५ विद्यार्थीहरूमध्ये सैनिकतर्फका २ सय १८ विद्यार्थी र गैह््र सैनिकतर्फका १५० विद्यार्थीहरूले ९ करोड ११ लाख ३९ हजार छात्रवृत्ति रकम प्रदान गरेको थापाले बताए । 

त्यस्तै पत्रकार सम्मेलनमा सेनाले काठमाडौं–तराई–मधेश द्रुतमार्ग सम्पन्न गर्न विभिन्न कठिनाइ भएको जनाएको छ । आयोजना प्रमुख प्राविधिक सहायक रथी विकास पोखरेलले पोखरेलले जग्गा विवाद, अदालतमा विभिन्न मुद्दा परेका कारण समस्या भइरहेको बताए । उनले गत आर्थिक वर्षमा ८ अर्ब ४२ करोड बिनियोजन भएकोमा वार्षिक लक्ष्यको अनुपातमा करिब ९९ प्रतिशत काम भएको जानकारी दिए ।

त्यस्तै पत्रकार सम्मेलनमा सेनाका विभिन्न निर्देशनालयले गरेका कामका बारेमा जानकारी गराइएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ७ : ०३ बजे

‘धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति’ जारी: ब्रोकर कम्पनी चार श्रेणीमा वर्गीकरण

काठमाडौँ – नेपाल धितोपत्र बोर्डले देशको पुँजी बजारलाई आधुनिक, प्रतिस्पर्धी,

इन्द्रजात्रामा श्वेतभैरवको ‘हाथु द्यः’ प्रसाद लिन महिलाहरूको तछाडमछाड (तस्बिरहरू)

काठमाडौं– इन्द्रजात्रा अर्थात् ‘येँया पुन्ही’को पाँचौँ दिन श्वेतभैरव (हाथु द्यः)

काङ्ग्रेस उपसभापतिमा पुष्पा भुसालले दाबी गर्ने

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उपसभापतिका लागि पुष्पा भुसालले उम्मेदवारी

सिन्धुलीको बीपी राजमार्गमा स्कार्पियो दुर्घटना, काभ्रेका ८ जना घाइते

काठमाडौँ – सिन्धुलीको सुनकोशी गाउँपालिका–३ गणेशथानस्थित बीपी राजमार्गमा स्कार्पियो जिप

भोटेकोशीको बाढीपछि विद्युत् प्रणालीमा चाप : हिउँदको सङ्कट टार्न भूमिगत ग्रिड विस्तार

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले विभिन्न जलविद्युत्