संसद्को कार्यकाल सन्तोषजनक हुन सकेन : माधव नेपाल « Khabarhub

संसद्को कार्यकाल सन्तोषजनक हुन सकेन : माधव नेपाल


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संसद्को कार्यकाल सन्तोषजनक हुन नसकेको बताएका छन् । 

शुक्रबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै जनताका मुद्दा स्थापित गर्न र मुलुकलाई विकासको बाटोतर्फ अघि बढाउन संसद्को कार्यकाल सन्तोषजनक हुन नसकेको बताएका हुन् ।

२०७४ सालको निर्वाचनपनि जस्तो सोचिएको थियो, त्यस्तो संसद्को पाँच वर्षे कार्यकाल हुन नसकेको उनको भनाई छ । उनले केपी ओलीको व्यक्तिवादी चरित्र र अहङ्कारका कारण मुलुक अन्यौलको बाटोमा गएको आरोप लगाए । संसद् भंगको विरुद्ध आन्दोलन नगरेको भए मुलुक यसअघि नै तानाशाही शासनमा जाने खतरा पैदा भएको उनको भनाई छ । उनले मुलुकको विकास र सुशासनका हिसाबले पनि विगतको पाँच वर्ष खराब भएको जिकिर गरे ।

त्यस्तै माओवादी केन्द्रका नेता कृष्ण बहादुर महराले कानून निर्माण गर्ने कुरामा संसद्का पाँच वर्षे कार्यकाल सफल भएको बताए । उनले पक्ष विपक्ष हुनु संसदीय व्यवस्था नै भएकाले संसद्ले सहमति कायम गर्दै छलफल अघि बढाउन सफल भएको बताए ।

त्यस्तै कांग्रेस सांसद सुजाता कोइरालाले पनि संसद्का पाँच वर्षे कार्यकालमा महत्वपूर्ण निर्णय भएको र केही विवाद भएपनि संसद् सफल भएको बताए ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ७ : १० बजे

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज