सैनिक कल्याणकारी कोषको सम्पत्ति ६९ अर्ब तीन करोड ७९ लाख « Khabarhub

सैनिक कल्याणकारी कोषको सम्पत्ति ६९ अर्ब तीन करोड ७९ लाख


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सैनिक कल्याणकारी कोषको यथार्थ सम्पत्ति रु ६९ अर्ब तीन करोड ७९ लाख पुगेको छ । नेपाली सेनाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा कोषमा नगद मौज्दात रु ६२ अर्ब ६८ करोड ८९ पुगेको जानकारी दिइयो ।

विसं २०७८ असार मसान्तसम्ममा कोषमा नगद मौज्दात रु ५४ अर्ब १२ करोड ७५ लाख थियो । उक्त नगद मौज्दात ‘क’ वर्गका २९ वटा वाणिज्य बैंकमा रहेको छ । कोषको मुख्य आयस्रोत भनेको संयुक्त राष्ट्रसङ्घीको आह्वानमा शान्ति कार्यमा गरेको योगदानबाट प्राप्त हुने रकम हो । विसं २०३२ मा शान्ति सेनामा सहभागी भएवापत प्राप्त रु एक करोड २४ लाख एक हजारबाट कोष स्थापना गरिएको थियो ।

सैनिक कल्याणकारी कोषबाट करिब १० लाखको सङ्ख्यामा रहेका हिताधिकारीलाई स्वास्थ्य, शिक्षा, सुविधा तथा सहुलियत र सीप तथा स्वरोजगारीका विभिन्न कार्य सञ्चालन भइरहेको सहायकरथी विजय थापाले जानकारी दिए । सैनिक कल्याणकारी कोषको रकम विगतमा रु ८५ करोड जोखिममा रहेकामा हाल त्यो घटेर करिब रु पाँच करोडमा सीमित रहेको जानकारी दिइयो । सेनाले कोषको पारदर्शितालाई उच्च प्राथमिकतामा राखेको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  ८ : ०६ बजे

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज

पोस्टरमै उल्टो गेटअपले कौतुहल जगाएको ‘परिवार’ को टिजरमा के छ ?

काठमाडौं– एउटा बिहान उठ्दा श्रीमान् र श्रीमतीले आफूलाई आफ्नै शरीरमा