गौतमबुद्ध विमानस्थलमा जजिराले थाल्यो दैनिक उडान « Khabarhub

गौतमबुद्ध विमानस्थलमा जजिराले थाल्यो दैनिक उडान


३१ भाद्र २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

रूपन्देही- गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आजदेखि जजिरा एयरवेजले हप्तामा सातवटा उडान सुरु गरेको छ । गएको जेठदेखि हप्ताको तीन उडान भर्दै आएको कुवेतको जजिरा एयरवेजले आजदेखि सात उडान सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा वैदेशिक यात्रामा जाने यात्रुको सङ्ख्या बढ्दै गएपछि आजदेखि जजिरा एयरवेजले आफ्नो उडान हप्तामा सातै दिन राखेको नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० का महानिर्देशक ई प्रदीप अधिकारीले जानकारी दिए ।

उनका अनुसार भैरहवामा श्रमको कार्यालय सञ्चालनमा आएसँगै यात्रु माग अझै वृद्धि हुने देखिएको छ । अबुधाबी बेस रहेको विज एयरले पनि भैरहवा विमानस्थलबाट आउँदो अक्टोबर ३० तारिकबाट नियमित उडान गर्ने अनुमति पाइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

उक्त कम्पनीले टिकट बुकिङ लिनका लागि नागरिक उड्डयन प्राधिकरणबाट ‘नो अब्जेक्शन लेटर’ पाइसकेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । उनका अनुसार उक्त एयरको उडान तालिका भने निश्चित हुन बाँकी छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हालसम्म ११ हजार यात्रुले उडान अवतरण गसिकेका बताइएको छ । प्राधिकरणले अन्तर्राष्ट्रिय वायुसेवा विस्तारका लागि विमानस्थल सेवा शुल्कमा शत्प्रतिशत छुटको व्यवस्था गरेको छ भने नेपाल वायुसेवा निगमले ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिएको छ ।

प्रकाशित मिति : ३१ भाद्र २०७९, शुक्रबार  १० : ३६ बजे

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज