छठ पर्वमा पूजा गर्न नहर सफाइ अभियान « Khabarhub

छठ पर्वमा पूजा गर्न नहर सफाइ अभियान


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– छठ’ पर्वमा घाट बनाएर पूजापाठ गर्न विराटनगर महानगरपालिकाले नगर क्षेत्रको नहरलाई सफाइ अभियान सञ्चालन गरेको छ । दुर्गन्ध एवं फोहररहित बनाउने उद्देश्यले विराटनगर महानगरपालिकाले नहरको सफाइ गरिरहेको र यसबाट भक्तालुलाई पूजापाठ गर्न सहज हुने बताइएको छ । विराटनगरमा जलाधार क्षेत्र सिङ्घिया नदी, केशल्या नदी तथा नहरमा वर्षेनी ‘छठ’ पर्वमा हजारौँ भक्तजनले आकर्षक घाट बनाएर पूजापाठ गर्दै आएका छन् ।

सुनसरी–मोरङ सिँचाइ आयोजनाको सहकार्यमा महानगरले नहरको सफाइ सुरु गरेको हो । महानगर क्षेत्रभित्रका सबै नहर सफा गरिने विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले जानकारी दिए । बिहान ६ बजेदेखि नै सफाइ सुरु हुने गरेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए । एउटा जेसिवीले खार्जीदेखि जामुनगाछीसम्म र अर्को जेसिवीले जामुनगाछीदेखि रानीसम्म सफा गर्नेछ । 

छठ पर्वमा भक्तजनले नहरमा मण्डप बनाएर पूजा गर्ने गर्छन । सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरले विराटनगरको वडा नं ४, ५, ६, ११, १२, १६ लगायतका वडा समेटेको छ। 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ३ : ३२ बजे

बलात्कारका दोषीलाई साउदी अरबमा ‘शिरच्छेदन’, उत्तर कोरियामा ‘सीधै गोली’, अन्त के छ ?

काठमाडौं- बाराको सिमराकी तीन वर्षीया गरिमा चौधरीको बलात्कारपछि हत्या भएसँगै

मूल विचार र रणनीतिलाई नजरअन्दाज गर्दा कम्युनिष्ट आन्दोलनले धोका खायो : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

रविको चिन्ता : घण्टीमा भोट हालेका मतदाता बोल्न थाले हामीलाई गाह्रो हुन्छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकारका कामकारबाहीबारे

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यालय शिक्षा विधेयकलाई सरकारले

‘हामीले बितेका ३५ वर्षको हिसाब खोज्ने होइन, भोलिका ३५ वर्षको योजना बनाउन थालौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी र