कांग्रेसद्वारा शताब्दी पुरुष जोशीको निधनप्रति दुःख व्यक्त « Khabarhub

कांग्रेसद्वारा शताब्दी पुरुष जोशीको निधनप्रति दुःख व्यक्त


३० आश्विन २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनप्रति दुःख व्यक्त गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै कांग्रेसले जोशीको निधनप्रति दुःख व्यक्त गरेको हो । जोशीको आज बिहान १०३ वर्षको उमेरमा उपचारका क्रममा किष्ट मेडिकल कलेजमा निधन भएको थियो । 

‘शताब्दी पुरुष १०३ वर्षीय सत्यमोहन जोशीको उपचारका क्रममा किष्ट मेडिकल कलेजमा आज भएको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ’, कांग्रेसले विज्ञप्तिमा भनेको छ, ‘स्वर्गीय जोशी संस्कृतिविद्, लेखक र कुशल अनुसन्धानकर्ता हुनुहुन्थ्यो । नेपाली भाषा, कला, संस्कृतिको संरक्षण, सम्वर्द्धन र विकासमा उनले महत्वपूर्ण योगदान पुर्‍याउनु भएको थियो ।’ 

साहित्यको क्षेत्रमा अतुलनीय योगदान पुर्‍याए वापत तीनपटक सम्म मदन पुरस्कार पाउने जोशी नेपालको एक मात्र व्यक्ति हुन् । जोशी प्राचीन र मध्यकालीन नेपालका थुप्रै ऐतिहासिक सामाग्री संरक्षणका लागि जीवनपर्यन्त अनवरत क्रियाशील रहेका थिए ।

यस्तै जोशीको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।  ‘शताब्दी पुरुष संस्कृतिविद् सत्यमोहन जोशीको निधनको खबरले मलाई अत्यन्तै दुःखीत र स्तब्ध बनाएको छ । भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा उनले पुर्‍याउनु भएको अतुलनीय योगदान नेपाल र नेपाली जनताले सदैव सम्झिरहनेछन् । उनको निधनबाट राष्ट्रले एक युगपुरुषलाई गुमाएको छ । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु,’ प्रधानमन्त्री देउवाले भनेका छन् । 

प्रधानमन्त्री देउवाले जोशीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामना र शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । 

प्रकाशित मिति : ३० आश्विन २०७९, आइतबार  ४ : २२ बजे

सांसद अन्सारीले नेसनल मेडिकल कलेजमाथि लगाएको आरोपबारे छानबिन गर्न एसोसिएसनको माग

काठमाडौं– नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जका सम्बन्धमा सांसद

रुसी तेल प्रशोधन केन्द्रमा आक्रमण दोब्बर पार्ने जेलेन्स्कीको घोषणा

काठमाडौं– रुसले नागरिक तथा सहरहरूलाई लक्षित गरी नयाँ सैन्य आक्रमणको

सभापति रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री गुरुङ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई

कांग्रेस महाधिवेशन : एक वरिष्ठ नेता, एक उपसभापति र दुई सहमहामन्त्री थपिँदै

काठमाडौँ– नेपाली कांग्रेसले पहिलोपटक पार्टी विधानमा वरिष्ठ नेताको प्रावधान ल्याउने

जनजागरण साकोस मिर्गेको कुल पुँजी २५ करोड नजिक

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिका–३ मिर्गेस्थित जनजागरण बचत तथा ऋण सहकारी